राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेडको आइसियु, मुख्यमन्त्री पोखरेलले गरे उद्घाटन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० बेडको आइसियु सेवा सुरु गरेको छ। प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेलले रिबन काटेर आइसियू बेडको उद्घाटन गरेका हुन्।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण र आइसियू उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रतिष्ठानको विकास र हितका लागि सबै सहयोग गर्न तयार रहेको भन्दै गुरु योजनासहित आएमा प्रतिष्ठानलाई पर्याप्त बजेटको प्रतिवद्धता गरे।

निरीक्षणकाक्रममा मुख्यमन्त्री पोखरेलले अस्पतालको सेवा विस्तार र चिकित्सा शिक्षाका लागि जग्गा प्राप्तिदेखि सबै कुरामा स्थानीय समुदायले सहयोग गर्नुपर्ने बताए। कोभिड १९ को प्रतिष्ठानको तयारी र सबैखाले बिरामीको उपचारका लागि प्रतिष्ठानले ढोका खुला गर्नुपर्ने बताए।

अब स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी रेफर गर्नुपर्ने अवस्था आउन नदिन भन्दै सबैखाले उपचारको केन्द्र बनाउन आग्रह गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय