बलात्कार आरोपमा जनकपुर अस्पतालका ‘फिजियोथेरापिस्ट’ पक्राउ

हेल्थपोस्ट/जनकपुर
प्रकाशित
२०७७ वैशाख ३१ गते १५:१२

‘ब्ल्याकमेलिङ’ गरी महिलालाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एकजना ‘फिजियोथेरापिस्ट’ लाई प्रहरीले पक्राउ गरेको छ।

धनुषाको सहीदनगर नगरपालिका घर भएका प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत ‘फिजियोथेरापिस्ट’ राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले झापा घर भएर जनकपुरमा काम गर्ने २७ वर्षीया एक महिलाले आफूलाई ‘ब्ल्याकमेल’ गरेर पटक-पटक बलात्कार गरेको भन्दै जाहेरी दिएको आधारमा मण्डललाई पक्राउ गरिएको जानकारी दिए।

सुरुमा साथी बनेका मण्डलले महिलासँग शारीरिक सम्पर्क राखि अश्लिल फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गरेर पटक-पटक बलात्कार गरेको अनुसन्धानबाट खुलेको कार्कीले बताए।

‘मण्डलले भिडियो र तस्बिर देखाएर ‘ब्ल्याकमेलिङ’ गरेर पैसा लिनुका साथै पटक-पटक महिलालाई बलात्कार गरेको रहेछ,’ कार्कीले भने,‘असह्य भइसकेपछि महिलाले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराइन्। मण्डललाई सोहीदिन हामीले नियन्त्रणमा लियौं।’ मण्डलले ती महिलालाई विगत दुई वर्षदेखि ब्ल्याकमेलिङ र बलात्कार गर्दै आइरहेको उनले बताए।

डिएसपी कार्कीले मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय