चितवनका कोरोना संक्रमित आमाछोरा घर फर्के, चितवन कोरोनामुक्त

बसन्त ढुंगाना/चितवन
प्रकाशित
२०७७ वैशाख ३१ गते १४:२४

कोरोना संक्रमित भएर चितवनको भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिला निको भएर घर फर्किएकी छन्। परीक्षणका क्रममा दोस्रो पटक कोरोना नेगेटिभ आएपछि उनी घर फर्किएकी हुन् ।

अस्पतालले डिस्चार्ज गरेकोमा उनलाई लिन राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल भरतपुर अस्पताल पुगेकी थिइन्।

उनका २७ वर्षे छोरामा पनि कोरोनाको संक्रमण देखिएको थियो। यसअघि नै निको भइसकेका उनी आमाको स्याहार गर्दै आइरहेकाले आज सँगै घर फर्किएका छन्। अस्पतालले उनलाई वैशाख १३ गते नै डिस्चार्ज गरेको थियो।

संक्रमित दुवैको अवस्था सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भरतपुर अस्पतालका मेसु श्रीराम तिवारी बताए। आमा र छोराको स्वाब वैशाख ४ गते भरतपुरमा  परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

त्यसपछि उनीहरूको स्वाब परीक्षणका लागि टेकुस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा पुन: पोजिटिभ देखिएको थियो। चैत ३ गते बेलायतबाट नेपाल आएका आमाछोरा चैत ५ गते चितवन आइपुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय