यसरी हुँदैछ ‘हटस्पट’ हरूमा ‘कन्ट्ट्याक्ट ट्रेसिङ’

नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ। बुधबार यो समाचार तयार पार्दासम्म नेपालमा २ सय १९ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

पर्सामा अहिलेसम्म सबैभन्दा बढी ८२ जना कोरोना संक्रमित फेला परेका छन्। ती मध्ये तीन मात्रै निको भएर घर फर्किएका छन्।

उदयपुर पनि कोरोनाको हटस्पट नै बनेको छ। उदयपुरमा ३२ कोरोना संक्रमित भेटिएकोमा १४ जना उपचारपछि निको भएर फर्किएका छन्।

कपिलवस्तुमा ३० र बाँकेमा २५ संक्रमित फेला परेका छन्। रूपन्देहीमा १६ संक्रमित ध्ये १ निको भएका, काठमाडौंमा ५ संक्रमित देखिएकोमा ४ निको भएका, कैलालीमा ४ संक्रमित रहेकोमा सबै निको भएर घर फर्किसकेका र रौतहटका तीन संक्रमितमध्ये १ संक्रमित निको भइसकेका छन्।

उपचारपछि निको भएर घर फर्किनेको संख्या पनि ३४ पुगेको छ। चैत ११ बाट देशमा लकडाउन जारी छ। आज लकडाउन जारी भएको पनि ५२ दिन पुगिसकेको छ। तर, नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।

बारामा ३ संक्रमित रहेका छन्। चितवनमा २ संक्रमित रहेकोमा दुवै जना निको भइसकेका छन्। उनीहरू बुधबार नै डि‌स्चार्ज भएका छन्। बागलुङका २ संक्रमित पनि निको भएर घर फर्किसकेका छन्।

झापामा २ संक्रमितमध्ये १ निको भइसकेका छन्। सर्लाहीका २, महोत्तरीका २, धनुषाका २, भक्तपुरका २ संक्रमितको उपचार भइरहेको छ।

धादिङ, कञ्चनपुर र भोजपुरका १/१ जना उपचारपछि घर फर्किसकेका छन्। यस्तै सप्तरी र बर्दियाका १/१ जना संक्रमितको पनि उपचार भइरहेको छ। यसरी देशभर २१७ जना कोरोना संक्रमित फेला परेका हुन्।

उपचारपछि निको भएर घर फर्किनेको संख्या पनि ३४ पुगेको छ। चैत ११ बाट देशमा लकडाउन जारी छ। आज लकडाउन जारी भएको पनि ५२ दिन पुगिसकेको छ। तर, नेपालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ।

यसरी संक्रमित भेटिएका ठाउँमा संक्रमितको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङको काम पनि स्थानीय निकायले दु‍त गतिमा गरिरहेका छन्। कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब संकलन र नमुना पपरीक्षण पनि भइरहेको छ।

मंगलबारसम्म देशभर १८ हजार ९ सय ६४ जनाको पिसिआर परीक्षण गर्दा २१७ जनामा कोरोना पुष्टि भएको तथ्याङ्क थियाे।

यसरी हुँदैछ कन्ट्याक्ट ट्रेसिङको काम

पर्साको वीरगञ्ज महानरपालिका छपकैयालगायतको क्षेत्र कोरोनाको हटस्पट बनेको छ। त्यहाँ कोरोना संक्रमितको संख्या बढेपछि महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ।

महानगरपालिकाका मेयर विजयकुमार सरावगीका अनुसार स्थानीय जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहयोगमा कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ। उनले कोरोनाका संक्रमित भेटिएका स्थानमा थप तीब्र गतिमा काम भइरहेको उनले बताए।

कन्ट्याक्ट ट्रेसिङको काम भए पनि सामग्री अभावमा परीक्षण र स्वाब संकलनमा भने समस्या भइरहेको मेयर सरावगी बताउँछन्। उनी सरकारले सामग्रीको पर्याप्ततामा सुरुदेखि नै ध्यान दिएको भए अहिलेको स्थिति नआउने बताउँछन्।

‘प्रभावित क्षेत्रका प्रत्येक परिवारका एक सदस्यको पिसिआर परीक्षण हुनुपर्छ भनिरहेका छौं। तर, सामग्री अभावमा परीक्षणमा समस्या भइरहेको छ’, उनले भने। उनले हिजो (मंगलबार) पाँच सय किट आएको र त्यसले अहिले परीक्षण थालिएको जानकारी दिए। त्यो सक्किने वित्तिकै फेरी समस्या हुने भएकाले सरकारले सामग्री पठाउनमा तदारुपता देखाउनु पर्ने बताए।

पर्सापछि उदयपुरमा बढी संक्रमित छन्। ३२ संक्रमित रहेको उदयपुरको त्रियुगा नगरपालिका भुल्केमा पनि कन्ट्याक्ट ट्रेसिङको कामले तीब्रता पाएको छ। तर, त्रियुगा नगरपालिकाको समस्या पनि वीरगञ्जको भन्दा फरक छैन।

त्रियुगाका मेयर बलदेव चौधरीका अनुसार कन्ट्याक्ट ट्रेसिङको काम भइरहे पनि किट अभावले परीक्षण र स्वाब संकलनमा समस्या भइरहेको छ। उनले आज मात्रै ८५ जना जतिको कन्ट्याक्ट ट्रेसिङ गरिने उनले बताए।

उनले आजसम्म साढे १३ सय जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बताए। उनले कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको स्वाब संकलन गरेर परीक्षण पनि लगभग सकिएको बताए। साढे १३ सय जनामा ५०/६० जनाको मात्रै परीक्षण गर्न बाँकी रहेको बताए।

मुश्लिम समुदायका मान्छे बढी संक्रमित भएकाले मुश्लिम समुदायका अगुवाहरूको सहयोगमा जनस्तरमा एकदमै भित्र पसेर कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइन्।

‘५०/६० नमुना संकलन भएर परीक्षण गर्न बाँकी छन्। २ सय नमुना काठमाडौं पठाएकोमा रिपोर्ट आउन बाँकी छ’, उनले भने। पाँच सय किट रहेकोमा त्यसले परीक्षण गरिरहेको उनले बताए। त्यो आज नै सकिने भएकाले थप किट प्रदेश सरकारसँग मागिएको उनले जानकारी दिए।

संघीय सरकारसँग बेसक्याम्प राख्नका लागि माग गरिए पनि कुनै सुनुवाई नभएको गुनासो गरे। संघबाट विशेष टोली आएर क्याम्प खडा गर्नुपर्नेमा त्यो नभएकोमा दुःख लागेको उनले बताए।

पश्चिम नेपालमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका पनि कोरोनाको हटस्पट नै हो। बाँकेमा २४ जना कोरोना संक्रमित रहेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरका अनुसार बिभिन्न वडाका जनप्रतिनिधिहरूको संक्रियतामा उपमहागरपालिका भित्र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ।

वडा नम्बर ८, ३, र १६ मा कन्ट्याक्ट ट्रेसिङको काम सकिएको उनले बताइन्। उनका अनुसार २, ५ र ७ वडामा ट्रेसिङको काम भइरहेको छ। उनले संक्रमित भेटिएका वडा, उनीहरूको सम्पर्कमा पुगेका व्यक्ति र भारतलगायत अन्य मुलुकबाट आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ प्राथमिकताका साथ भइरहेको बताइन्। कोरोना संक्रमित जिल्लाबाट कोही नागरिक उपमहानगरमा आएको भए उनीहरूको पनि खोजी थालिएको उपप्रमुख मगरले बताइन्।

फ्रन्ट लाइनमा बसेर काम गरिरहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयम्सेवीहरूको पनि परीक्षण गरिने बताइन्। उनले मुश्लिम समुदायका मान्छे बढी संक्रमित भएकाले मुश्लिम समुदायका अगुवाहरूको सहयोगमा जनस्तरमा एकदमै भित्र पसेर कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइन्।

करिब १३ सय जना जतिको ट्रेसिङको काम सहिएको उनले बताइन्। हजार बढीको टेस्टिङ भइसकेको छ। प्रत्येक वडामा कम्तीमा पनि ३०/४० जनाको परीक्षण गर्ने आफूहरूको लक्ष्य रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय