काेराेना जितिन् स्पेनकी ११३ वर्षीया मारियाले

स्पेनकी ११३ वर्षीया वृद्ध कोरोना भाइरस जितेर पूर्णरुपमा स्वस्थ भएकी छन्।

वृद्ध उमेरका मानिसलाई यो भाइरसको संक्रमणले कमजोर बनाइरहेकाे तथ्य बाहिरिइरहेका बेला उनले भाइरसँगको लडाइँ जितिन्।

अमेरिकी मूलकी स्पेनिस नागरिक मारिया ब्रानयास अहिलेसम्मकै सबैभन्दा बढी उमेरमा कोरोना जित्ने महिला भएकी छन्।

कोरोनाको संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भइनन्। बरु घरमै आइसोलेट भइन्।

स्पेनको ओलाट सहरमा बस्ने उनमा अप्रिल महिनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। भाइरसको संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेट भएकी थिइन्।

‘मारियानामा भाइरसका सामान्य लक्षण देखिएकाे थियाे, यतिधेरै उमेरकी उनी महामारीबाट जोगिइन्, अब उनको रिपोर्ट नेगेटिभ देखिएको छ, उनी खुसी छिन्,’ मारियानाको स्याहारमा खटिएकी स्वास्थ्यकर्मीले भनेकी छन्।

तीन छोराछोरीकी आमा ब्रानयास हप्ताैंसम्म आफ्नो कोठामा एक्लै भइन्। उनलाई एकजना स्वास्थ्यकर्मीबाहेक कसैले भेट्न अनुमति थिएन।

पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनले स्वास्थ्यको मामलामा आफू भाग्यमानी भएको बताइन्। स्पेनका हजारौंले महामारीका कारण ज्यान गुमाए पनि ब्रानयासले लडाइँ जितेर अहिलेसम्म रेकर्ड राखेको ती स्वास्थ्यकर्मीले बताइन्।

उनको जन्म १९०७ काे मार्च ४ मा सनफ्रान्सिसमा भएको थियो। उनका बुवा स्पेनमा पत्रकार थिए।

उनको परिवार प्रथम विश्वयुद्धको समयमा स्पेन सरेको थियो।

स्पेनमा कोरोना भाइरसका कारण २६ हजार ९ सय २० जनाको मृत्यु भइसकेको छ भने २ लाख ६९ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको छ।

मारियाना स्पेनकी सबैभन्दा पुराना अर्थात् बढी उमेरकी महिला हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय