कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिने

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७७ वैशाख ३१ गते १६:२३

कतार एयरवेजले अग्रपङ्क्तिमा खटिएका १ लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट उपलब्ध गराउने घाेषणा गरेकाे छ।

एयरवेजका अनुसार स्वास्थ्यकर्मीहरूले कोभिड-१९ विरुद्धको लडाइँमा गरेको साहसिक कार्यको सम्मान गर्दै यस्तो निर्णय लिइएको हाे।

महामारीका बेला पनि सयौ चार्टर्ड उडानमार्फत् कयौं नागरिकलाई उद्धार गरेर घर पुर्‍याउने व्यवस्था एयरवेजले गरेको विज्ञप्तिमार्फत् जनाएकाे छ।

स्वास्थ्यकर्मीहरूले नि:शुल्कक टिकट प्राप्त गर्न कतार एयरवेजको वेबसाइटमा गएर दर्ता गर्न सकिने जनाएकाे छ।

जुनसुकै देशबाट पनि टिकटका लागि आवेदन दिए सकिने व्यवस्था एयरवेजले मिलाएको छ। आगामी नोभेम्बर २६ सम्म बुक गरिएको टिकट २०२० नोभेम्बर २६ सम्म उपयोग गर्न सकिने छ।

कतार एयरवेजका कार्यकारी प्रमुख अकबर अल बकेरले स्वास्थ्यसेवामा सक्रिय स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई आफ्नो तर्फबाट सहयोग गर्न पाउँदा खुसी लागेकाे बताएका छन्।

साथै विभिन्न क्षेत्रमा रहेका यात्रुलाई पनि सहुलियतको व्यवस्था गरिएको जानकारी एयरवेजले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय