भारतमा २४ घण्टामा १२२ जनाको मृत्यु, ३५ सयभन्दा बढीमा संक्रमण

कोरोना भाइरस संक्रमणबाट भारतमा बितेको चौबिस घण्टामा १ सय २२ जनाको मृत्यु भएको छ। ३ हजार ५ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

योसँगै भारतमा कोरोनाको संक्रमणबाट २ हजार ४ सय १५ जनाको ज्यान गएको छ भने ७४ हजार ४ सय ८० जनामा संक्रमण रहेको छ। संक्रमितमध्ये २४ हजार ३ सय ८६ जना उपचारपछि निको भएका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ। महाराष्ट्रमा भाइरसको संक्रमणबाट ९ सय २१ जनाको मृत्यु भएको छ भने २४ हजार४ सय २७ जना संक्रमित छन्।
दिल्लीमा कोरोनाबाट ८६ जनाको ज्यान गएको छ भने ७ हजार ६ सय ३९ जनाको मृत्यु भएको छ।

त्यस्तै, गजरातमा ८ हजार ९ सय ३ जना संक्रमितमध्ये ५ सय ३७, मध्यप्रदेशका ३ हजार ९ सय ८६ मा २ सय २५,तामिलनाडुका ८ हजार ७ सय १८ मा ६१,आन्ध्र प्रदेशका २ हजार ९० मा ४६,बिहारका ८ सय ३१ मा ६,उत्तर प्रदेशका ३ हजार ६ सय ६४ मा ८२, राजस्थानका ४ हजार १ सय २६ मा १ सय १३ र पश्चिम बंगालका २ हजार १ सय ७३ जना संक्रमितमध्ये ६ सय १२ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण विश्वभर २ लाख ९२ हजार ८ सय ९३ जनाको मृत्यु भएको छ भने ४३ लाख ४२ हजार ६ सय ८५ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये १६ लाख २५ हजार ३९ जना उपचारपछि घर फर्किएका छन्।

नेपालमा अहिलेसम्म २ सय १७ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ३३ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय