काठमाडौं र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिए, कूल २१७ संक्रमित

काठमाडौं र भक्तपुरसहित पर्सा, महोत्तरी, धनुषा र सर्लाहीमा थप २६ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा जिल्लाका २२ देखि ६० वर्षसम्मका महिला र १६ देखि ६१ वर्षसम्मका पुरुष गरी १८ जना, महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष, धनुषा जिल्लाका २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

त्यसैगरी भक्तपुर जिल्लाका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष, काठमाडौंकी ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। अब नेपालमा कूल संक्रमितको संख्या २ सय १७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय