बारामा निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढेसँगै बारा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै पर्सा, बारा जिल्लामा संक्रमण बढेको भन्दै निषेधाज्ञा जारी गरिएको जनाएको छ।

प्रशासनले कसैलाई पनि बाहिर ननिस्कन आग्रह गरेको छ। त्यस्तै भारतसँग जोडिएका सबै सीमानाकाहरुमा अझैं कडाइ गर्ने पनि प्रशासनले जनाएको छ। अत्यावश्यक सेवाका लागि बाहेक अन्य कुनै पनि सवारी साधन नचलाउन र उद्योग प्रतिष्ठान तथा बैंकहरु, अन्य संघसंस्था तथा कार्यालयहरुमा बीरगन्जमा रहने कर्मचारीबाहेक अन्यलाई काममा नबोलाउन प्रशासनले निर्देशन जारी गरेको छ।

यहाँ आजमात्रै ३९ जनामा संक्रमण पुष्टि भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय