घरबाटै आउने जाने-गर्थिन् कोरोना संक्रमित नर्स

कपिलवस्तुमा पछिल्लो पटक कोरोना संक्रमित ८ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको छ।

विश्व नर्सिङ दिवसकै दिन नर्समा कोरोना संक्रमण भएको रिपाेर्ट आएको हो। नेपालमा १९१ जना कोरोना संक्रमित भएकोमा कपिलवस्तुमा भेटिएकी नर्स पहिलो कोरोना संक्रमित हुन पुगेकी छिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना रिपाेर्टमा नगरपालिका वडा नं. १ को २५ बर्षीया संक्रमित भनिएको छ। ती युवती स्वास्थ्यकर्मी भएको र उनी कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स हुन्।

मंगलबार कपिलवस्तुमा संक्रमित भएका ८ मध्ये ७ जना क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् । २५ बर्षीया नर्स भने कपिलवस्तको सदमुकाको आफ्नै घरमा रहने गरेकी थिइन। उनि जिल्ला अस्पतालमा दैनिक रुपमा घरबाट ड्युटीमा आउने जाने गर्ने गर्दथिन्। उनी आफ्नै घरबाट अस्पताल आउने जाने गरेको हुँदा त्यसले थप जटिलता ल्याउनसक्ने स्थास्थ्यकर्मीहरुको आशंका छ।

त्यसैगरी उनको परिवारका सदस्यहरुको दैनिक ‘ट्राभल हिस्ट्री’ पनि जिल्लाका उच्च पदस्त व्यक्तिहरुसँग रहेको जोडिने हुँदा तौलिहवामा ति नर्स संक्रमित भएसँगै विभिन्न अड्कलबाजी गरिन थालेका छन्।

ति नर्ससँगै अस्पतालका ५ जना स्वास्थ्यकर्मीहरुको स्वाब नमूना लिइएकोमा अरुको भने रिर्पोट नेगेटिभ आएको छ। उनको रिपाेर्ट  पुरुष जनाइएको हुदा पुनः स्वाब लिइएको र अहिले जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले जानकारी दिए।

मंगलबार कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएकोमा ती व्यक्तिहरु कपिलवस्तु नगरपालिका वाड न. ६ का बर्ष १९ पुरुष १ जना, वाड न.४ बर्ष २५ पुरुष १, वाड न.५ बर्ष ३६ पुरुष, वाड न.३ वर्ष ३२ पुरुष १, वाड न.७ बर्ष १९ पुरुष, वाड न.३ बर्ष २० पुरुष, वाड न.८ बर्ष २५ पुरुष,वाड न.१ बर्ष २५ महिला हुन् ।

नर्स बाहेक अन्य संक्रमितलाई भने थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।

यससँगै कपिलवस्तुमा सन्क्रमितको संख्या २९ पुगेको छ भने प्रदेश ५ मा ७० जना संक्रमित पुगेका छन्।

नेपालमा पहिलोपटक एक नर्समा कोरोना संक्रमण पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय