चीनले १० दिनभित्र सबै उहानवासीको स्वास्थ्य परीक्षण गर्ने

चीनले कोरोना भाइरस (कोभिड–१९) को उद्‌गमस्थल उहानका सबै नागरिकको स्वास्थ्य परीक्षण गराउने भएको छ।

अप्रिल ३ यता उहानमा कुनै संक्रमण नदेखिएकोमा एक्कासि ६ जनामा भाइरसको संक्रमण देखिएपछि स्थानीय सरकारले १ करोड १० लाख जनसंख्या भएको उहान सहरका सबै मानिसको १० दिनभित्र स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको हो।

चीनले अहिले अघि सारेको योजना प्रारम्भिक चरणमा देखिएको छ। उहानका सबै जिल्लाहरूलाई १० दिनमा कसरी सबै नागरिकको परीक्षण गर्न सकिन्छ भनेर विस्तृत विवरण बुझाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। उहानमा पछिल्लो साता ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै यस्तो योजना सार्वजनिक भएको हो।

अप्रिल ३ यता उहानमा सकैमा पनि संक्रमण नदेखिएकोमा एक्कासी ६ जना कोरोना संक्रम देखिएको छ। ११ सातासम्म लकडाउन गरिएको उहानमा अप्रिल ८ देखि लकडाउन हटाइएको थियो। अहिले उहानको जनजीवन सामान्य बन्दै गएको छ।

विद्यालयहरू खुल्नुका साथै व्यवसायहरू सञ्चालनमा आएका छन् भने सार्वजनिक यातायातका साधनहरू पनि सञ्चालनमा छन्। यस्तो अवस्थामा उहानमा पछिल्लो समय देखिएको नयाँ संक्रमणले भने मानिसहरूमा आशंका पैदा गरेको छ।

मंगलबार उहानका सबै जिल्लालाई १० दिनमा परीक्षण गर्ने योजना बुझाउन निर्देशन दिइएको छ। प्रत्येक जिल्लाले आफ्नो जनसंख्याको आधारमा परीक्षणको लागि आफ्नो योजना प्रस्तुत गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय