स्वरूप फेरिएको ‘नर्सिङ दिवस’

नेपालमा पहिलोचोटि कोरोना संक्रमण पुष्टि हुँदा सबै स्वास्थ्यकर्मी अन्योलमा थिए। त्यसमा पनि नर्सहरूमा झनै अलमल।

विस्तारै संक्रमित बढ्दै जान थाले। उनीहरूका लागि आवश्यक पर्ने सुरक्षा सामग्री अभाव भयो।

कुनै ‘गाइडलाइन’ थिएन। तर, जसरी पनि उपचारमा खटिनु त थियो नै।

उनीहरू उच्च मनोबलसाथ खटिए। काम गरे र अहिले पनि गरिनै रहेका छन्।

सामग्री केही पुगेको छ। तर, त्यो पर्याप्त भने होइन। जनशक्ति अभावले दिनरात नभनी काम गर्नुपरिरहेको छ।

नेपालमात्र नभएर विश्व नै कोरोना महामारीको चपेटामा छ। संसारभरका चिकित्सकहरू कोरोनाविरुद्ध लडिरहेका छन्।

त्यसमा झनै नर्सहरूको भूमिका निकै प्रभावकारी छ। विरामीसँगको प्रत्यक्ष सम्पर्कमा लामो समय विताउनु पर्ने नर्सहरूले जोखिम मोलेरै काम गरिरहेका छन्।

आज तिनै अग्रमोर्चामा काम गरिरहेका नर्सहरूलाई सम्झिने दिन। अर्थात मे १२ अन्तर्राष्ट्रिय नर्सिङ दिवस।

आज आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको २००औं जन्मदिन पनि हो। उनकै जन्म दिनमा आजको दिनलाई अन्तराष्ट्रिय नर्स दिवसको रुपमा मनाउन थालिएको हो।

नर्सहरुले उल्लास पूर्वक मनाईने यो दिवसको स्वरुप यस वर्ष भने फेरिएको छ। कोरोना कहरले फेरिदिएको हो नर्सिङ्ग दिवसको उल्लास।

अघिल्ला वर्षहरूमा नेपालमा पनि र्‌याली र विभिन्न कार्यक्रम गरि धुमधामसँग यस दिवसलाई मनाइन्थ्यो। तर, आज सरोकारवालाहरूले एउटा बन्द कोठामा जम्मा भएर सम्झिएका छन् नर्सिङ दिवसलाई।

नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभाग, नेपाल नर्सिङ परिषद्लगायत सरोकालवाला निकायले आयोजना गरेको एक कार्यक्रममा कोरोनाको उपचारमा खटिएका फ्रन्टलाइनरहरू पनि सहभागी थिए। उनीहरूले उपचारमा खटिँदा आफूले भोग्नु परेका समस्या सुनाइरहेका थिए।

‘नेतृत्वको लागि एक आवाज–विश्व स्वास्थ्यको लागि नर्सिङ्ग सेवा’ यस वर्षको मूल नारा हो। नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखा, स्वास्थ्य सेवा विभाग टेकुकी क्षमता जिल्ला शाखाकी प्रमुख बाला राईले कोरोनाको महामारीकाबीच टेक्निकल्ली रुपमा नर्सिङ दिवस मनाइएको बताइन्।

‘अहिले निकै असज परिस्थिति छ। यही परिस्थितिसँग नर्सहरूले मुकाबिला गरिरहेका छन्’, उनले भनिन्, ‘यस्तो बेला उनीहरूको मनोबल बढाउनुपर्छ। त्यसैले पनि हामीले असहजताका बावजुद् पनि यो कार्यक्रम आयोजना गरेका हौं।’ अहिले नर्सहरूको मनोबल बढाउने बेला भएले यही कार्यक्रमको माध्यमबाट उनीहरूको आत्मबल लक्षित कार्यक्रम गरिएको उनको भनाई छ।

‘सुरुमा गाइडलाइन, निर्देशिका केही नबनेको भए पनि अहिले मन्त्रालयबाट केही गाइडलाइन र निर्देशिका बनेकाले उहाँहरूलाई उपचारमा खटिन सहज भएको छ’, उनले भनिन्। पिपिई, पञ्जा नहुने, सामाजिक बाइसनेस, घरबाट निकाली दिने लगायतका समस्या पनि नर्सहरूले खेप्नु परेको उनले बताइन्।

यस्ता समस्याबा बावजुद् पनि नर्सहरूले नर्सहरूले अग्रमोर्चामा रहेर काम गरेको अनुभव सुनाएको राईले बताइन्।

उनले यसरी उपचारमा खटिएका नर्सहरूका कुरा सुन्दा अरुलाई पनि प्रेरणा मिल्ने बताइन्। त्यसैले पनि उनीहरूका भावना आदानप्रदान गर्ने गरि कार्यक्रम तए गरिएको जानकारी दिइन्।

नेपाल नर्सिङ परिषद्की रजिस्ट्रार बिन्दा घिमिरे लकडाउन र कोरोनाले बाहिर निस्केर दिवस मनाउने परिस्थिति नरहेको बताइन्। कोरोनाका विरामीको रेखदेख गरेका नर्सहरूको उपस्थितिमा स्वास्थ्य सेवा विभाग टेकमा एउटा कार्यक्रम गरिएको बताइन्।

उनले अब नर्सिङ लिडरसिप रोलमा जानुपर्नेमा आफूहरू केन्द्रित भएको बताइन्। नर्सहरूको भूमिका ठूलो भएकाले त्यसतर्फ केन्द्रित भएको उनको भनाई छ। उनले नर्सहरूको भूमिका हस्पिटलमा मात्र नभएर स्कुलमा, समाजमा, प्राइभेट सेक्टरदेखि विभाग मन्त्रालय तिर नर्सहरूले आफ्नो योगदान दिन सक्छ। अहिले शिक्षाको ‘लेवल’ पनि फरक–फरक भएकाले काम पनि त्यही अनुसार हुनुपर्ने उनले बताइन्।

नर्सहरूको महत्वलाई अझै बुझ्न नसकिएको उनले बताइन्। विशेषज्ञ शिक्षा र र रजिस्ट्रेसन कसरी गर्ने भन्नेबारे तयारी गरिरहेको उनले बताइन्।

उनले नर्सहरूले आफ्नो पेसागत दायित्वलाई नभुलेर सुरक्षित हुँदै काम गर्नुपर्ने बताइन्।

गुणस्तरीय स्वास्थ्यका लागि नर्सहरूको भूमिका प्रकाश पार्ने अवसर प्रदान गर्ने भएकाले पनि नर्सहरूका लागि यस दिवसको विशेष महत्व छ। हाल नेपाल नर्सिङ्ग परिषदमा दर्ता भएका नर्सहरुको संख्या ९४ हजार भन्दा धेरै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय