ठाकुर ट्रेडलिङ्कलाई दुई लाख जरिवाना

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ वैशाख ३० गते १७:०१

धनगढीमा गुणस्तर हिन राहतको चामल उपलब्ध गराएपछि चामल आपूति कर्ता ठाकुर ट्रेड लिङ्कलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका अनुसार चामलमा किरापरेको पाइएपछि ठाकुर ट्रेड लिङ्कलाई खाद्य ऐन अनुसार दुई लाख जरिवाना गरिएको हो। ‘हामीले खाद्य ऐनमा टेकेर दुईलाख जरिवाना गरेका हौं,’ बाणिज्य कार्यालय प्रमुख कमल पुनले भने,‘चामलको परिक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गर्दछ। दोसी भेटिए थप कारवाही हुन्छ।’

उपभोग्य वस्तु राहतको चामल कुहिएको फेला परेपछि जिल्लास्थित अनुगमन समितिले आपूर्तीकलाई दुई लाख जरिवाना गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी दीपक कुँवरले बताए। कुवँरले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत २ लाख रुपैयाँ जरिवाना गरिएको जानकारी दिए। सो आपूर्तिकर्ताले आपूर्ति गरेको वस्तु वितरण नगर्ने गरी रोक्का गरिएको जनाइएको छ।

स्थानीयले कुहिएको चामल दिइएको भन्दै फिर्ता गरेपछि धनगढी उपमहानगरपालिका वडा नम्बर- ४ शिवपुरीस्थित गोदाममा समेत अनुगमन गरिएको थियो। धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखमा ३ हजार ३०० क्वीन्टल चामल, ८०० क्वीन्टल दाल लगायतका खाद्य सामाग्री खरिदका लागि ठाकुर ट्रेडसँग ठेक्का सम्झौता गरेको थियो।

आपूर्तिकलाईलाई कारवाही गरिएपनि टेण्डर आह्वान, सम्झौता र वितरणका क्रममा भएका अनियमितता बारे कुनै छानविन हुन सकेको छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय