बर्दियाबाट गएकी बालिकामा कोरोना संक्रमण देखिएपछि कैलालीको मजगाउँ सिल

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ वैशाख ३० गते १६:५६

कैलालीबाट बर्दिया पुगेकी ११ वर्षीया बालिकामा कोरोना पुष्टि भएपछि उनी बसेको कैलालीको मजगाउँ सिल गरेर परीक्षण गर्ने तयारी थालिएको छ।

चैत्र ५ गते हजुरआमासँग गोदावरी नगरपालिका-८ मजगाउँ आएकी ती बालिकाको सम्पर्कमा आएका सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने तयारी गरिएको गोदावरी नगरपालिकाले जनाएको छ।

गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले उनको सम्पर्कमा आएका २१ परिवारका १ सय ३० जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने तयारी गरिएको बताए ।

‘स्वाव संकलनको लागि गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाको टोलीलाई त्यसतर्फ खटाइएको छ,’ प्रवक्ता शर्माले भने, ‘अहिले सो क्षेत्रलाई सिल गरेर बसैलाई घर भित्र बस्न लगाएका छौँ।’ नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले स्वाब संकलनका लागि टोली खटाइएको बताए ।

सोमबार कोरोना संक्रमण देखिएकी ती बालिका वैशाख १२ गते मजगाउँबाट कैलालीकै भजनी गएकी थिइन्। १६ गते बर्दिया पुगेकी उनलाई गएपछि क्वारेन्टाइनमा राखिएको थियो भने सोमबार उनका कोराना पुष्टी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय