१ सय ६८ संक्रमित र ७० जना सम्भावित शंकास्पद केस आइसोलेसनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १ सय २८ जना आइसोलेसनमा रहेका छन् । जसमध्ये १ सय ६८ जना कोरोना संक्रमित रहेका छन् भने ७० जना सम्भावित शंकास्पद केस रहेको छन् ।

प्रदेश गत रुपमा हेर्दा प्रदेश १ मा २५ जना आइसोलेसनमा रहेकोमा १९ संक्रमित र ६ जना शंकास्पद रहेका छन् । प्रदेश २ मा ८० जनामध्ये ६८ संक्रमित, १२ शंस्कास्पद, बागमती प्रदेशमा २५ जनामध्ये १ जना संक्रमित र २४ जना शंकास्पद केस आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, प्रदेश ५ मा ९८ जना आइसोलेसनमा रहेको मध्ये ७० जना संक्रमित र २८ जना शंस्कापद केस रहेका छन् ।

नेपालमा कोरोना संक्रमण १ सय ९१ पुगको छ । मंगलबारमात्रै ५७ भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ठूलो परिमाणमा कोरोना परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म १ सय ५८ पुरुष र ३३ जना महिलालाई कोरोना संक्रमण देखिएको छ ।  नयाँ संक्रमितलाई विभिन्न अस्पताल लैजाने क्रममा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । ५७ जना नयाँ संक्रमित बाहेक विरगञ्जमा २७, राजविराजमा १, विराटनगरमा १९, रुपदेन्हीमा २८, भरतपुरमा १, नेपालगञ्जमा २४, बर्दियामा १ जना गरी १ सय ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म पीसीआरबाट १८ हजार ९ सय ६४ नमुना परीक्षण भएको छ । र्यापिट टेस्टबाट ५९ हजार ६ सय २७ नमुना परीक्षण भएको छ ।  मगलबार १२ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा ९ सय ७४, प्रदेश २ मा १ हजार ५ सय ३४, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा २ सय ९२, प्रदेश ५ मा ५ हजार ४ सय ४२, कर्णाली प्रदेशमा १ हजार ६ सय ९९, सुदुरपश्चिममा २ हजार ७ सय ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय