नर्स (कविता)

लक्ष्मी मैया प्रजापती
प्रकाशित
२०७७ वैशाख ३० गते १६:३७

नर्स दिवसलाई अन्तर्राष्ट्रिय रूपमा दिएको छ मान्यता
सबै राष्ट्रका नर्सहरू दिवसमा भएका छन् सहभागिता
नेपाली नर्सहरू पनि देखाइरहेका छन् राष्ट्रियता
‘फ्लोरेन्स नाइटिङ्‌गेल’ को यो कार्य छन् सफलता
नर्स दिवसलाई अन्तर्राष्ट्रिय रूपमा, दिएको छ मान्यता ।

असल नर्स उत्पादन गर्नु प्राध्यापकहरूको कर्तव्यपरायणता
विवेकशील नर्स बनाउनु गुरुहरूको आफ्नो नैतिकता
अशक्त–बिरामी मुस्कुराउँदा, सबैमा हुन्छ प्रशन्नता
रोगबाट बचाउनु महत्वपूर्ण कार्य हुन्छ ए स्वास्थ्य कार्यकर्ता ।

धेरै धेरै खुस छौं पाएर हामी नर्सिङ्गको दीक्षितता
सधै–सधै ध्यान राख्छौं नर्सका गुण हुन् सहनशीलता र नम्रता
सधै–सधै जित्नुपर्छ हामीले समाजको विश्वसनीयता
सेवामा समर्पित भइ देखाउँछौं हाम्रो जिन्दगीको सार्थकता ।

आँसुको द्रवित मुटु, पीडाले दुखेका मनहरूको मौनता
आर्थिक–सामाजिक रुपले पीडितहरूको भावुकता
सेवा गर्दा हामीले बुझ्नुपर्छ, उनीहरूको सम्देनशीलता
नत्र अस्पताल फोरेको डाक्टर नर्स कुटेको पढ्नुपर्ला पत्रकारिता ।

(लेखिका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज्, धुलिखेल अस्पतालकी सह–प्रध्यापक/नर्स म्यानेजर हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय