पर्साका दुई पत्रकारमा कोरोना संक्रमण, संक्रमित संख्या अझै बढ्न सक्ने

पर्सामा आज (मंगलबार) ३९ जना कोरोना संक्रमितमध्ये केही पत्रकार समेत रहेका छन् ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार मंलबार संक्रमण पुष्टि भएका मध्ये २ जना पत्रकार समेत रहेका छन् । ‘अहिले सम्म २ जना सञ्चारकर्मीलाई संक्रमण पुष्टि भएको जानकारी आएको छ, सिंहले हेल्थपोस्टसँग कुरागर्दै भने,‘ थप विवरण केहि बेरमा  आउँछ ।’

एकैदिन ३९ जनामा कोरोना संक्रमण देखिएकाले पर्सामा समुदायमा कोरोना संक्रमण फैलिएको अवस्था भएको हो ।

पर्सामा संकलन भएका थ्रोड स्वाब परीक्षणको क्रम अझै जारी रहेको र संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा जिल्लाका उच्च सरकारी अधिकारीहरु सँगै उनीहरु विभिन्न कार्यक्रम तथा बैठकमा सहभागी रहेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय