कोरोना परीक्षणका लागि उपराष्ट्रपतिको स्वाब संकलन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ३० गते १५:५४

कोरोना परीक्षणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को स्वाब संकलन गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनको स्वाब संकलन गरिएको हो।

जेठ २ गते संघीय संसदमा राष्ट्रपतिबाट आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा उपराष्ट्रपति पनि सहभागी हुनुहुने र व्यवस्थापिका संसद सचिवालयको समन्वयमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय