‘आकासिँदै काेराेना औषधीको मूल्य’

संसारभर द्रुत रूपमा चलिरहेको कोरोना भाइरसविरुद्धको औषधीको खोजले भविष्यमा विश्वका मानिसलाई यस प्राणघातक रोगबाट सुरक्षा दिने सम्भावना बढेको छ।

तथापि हाल परीक्षणमा रहेका औषधीहरू कुनै दिन कोभिड–१९ लाई निको पार्न प्रभावकारी सिद्ध भएता पनि बढ्दो मूल्यका कारण भाइरस संक्रमित बिरामीहरू यस्तो उपचारबाट वञ्चित हुनसक्नेमा शंका एवं त्रास पैदा भएको छ।

यसै महिना जर्नल अफ भाइरस इराडिकेसनमा छापिएको एक अध्ययनले संसारभर परीक्षणको विभिन्न चरणमा रहेका कोभिड–१९ को उपचारमा सफल हुने सम्भावना बोकेका नौवटा भिन्दा–भिन्दै औषधीहरूको विश्लेषण गरेको छ। अध्ययनमा सहभागी अनुसन्धानकर्ताहरूले उपलब्ध तथ्यांकका आधारमा विभिन्न राष्ट्रहरूमा यी औषधीहरूको मूल्यको अनुगमन गर्दै सोको आधारमा यिनीहरूको जेनेरिक भर्सन (सामान्य संस्करण) को मूल्यको समेत गणना निकालेका छन्।

उदाहरणका लागि, हेपाटाइटिस ‘सी’ का लागि हाल प्रयोग भइरहेको सोफोबुर औषधीको एक मात्राको मूल्य लगभग ५ अमेरिकी डलर पर्ने भए पनि अमेरिकामा यो औषधि १८ हजार ६ सय १० डलरमा बिक्री भइरहेको छ।

यसैगरी लङ्ग फिब्रोसिस (फोक्सोको तन्तुमा चोट लाग्नु वा क्षति हुनु) को उपचारमा प्रयोग हुने पिर्फिनडोन नामक औषधीको मूल्य २८ दिने उपचारसत्रका लागि ३१ अमेरिकी डलर हुन आउँछ। तथापि, अमेरिकामा यदि बिरामीहरूले डिपार्टमेन्ट अफ भेटेरान्स् अफेयर्सबाट हासिल गर्न सकेमा उक्त औषधीको मूल्य ६ हजार ५ सय १३ डलर पर्छ। नत्र, अन्य सामान्य औषधी पसलबाट किन्दा झन् बढी अर्थात् ९ हजार ६ सय ६ अमेरिकी डलरसम्म पर्दछ। यो औषधी अमेरिकामा सबैभन्दा महँगो हुनुका बावजुद अन्य देशमा पनि यो त्यति सस्तोमा भने पाइँदैन। जस्तो कि बेलायतमा एक उपचारसत्रका लागि २ हजार ५ सय ६१ अमेरिकी डलर तिनुपर्ने यो औषधीलाई फ्रान्समा २ हजार ३ सय ४४ डलर तिर्नुपर्छ।

यी औषधीहरूको उत्पादनको लागत नै उच्च रहेको कारण यिनीहरूको भाउ पनि उच्च रहेको भन्दै फर्मासिटेकल कम्पनीहरूले आफ्नो बचाउ गर्दै आइरहेका छन्। यद्यपि यी औषधीको जेनेरिक भर्सनको मूल्यको गणना गर्दा अनुसन्धानकर्ताले निर्यात खर्च, कर तथा अन्य सरकारी दस्तुरका साथसाथै १० प्रतिशत नाफासमेत समावेश गरेका थिए।

कतिपय अवस्थामा यस्ता औषधी उत्पादक कम्पनीहरूले सरकारबाट पाएको अनुदानको कारण आफ्नो उत्पादनको मूल्य घटाएको पाइन्छ। जस्तो कि अमेरिकी सरकारले कोभिड–१९ को उपचारमा अत्यधिक प्रभावकारी भनेर प्रचार गरेता पनि बेलायती अनुसन्धानकर्ताहरूले पछि गएर सो प्रचारलाई गलत ठहर गरेको रेमडेजिभिर नामक औषधि।

‘विगतमा हेपाटाइटिस र एचआईभी जस्ता संक्रामक रोगको उपचार विकासक्रममा पनि यस्तो प्रवृत्ति देखिएको थियो। तर यसपल्ट हामी यस्तो हुन दिँदैनाैं,’ उनी भन्छन्, ‘अन्यथा, हामी लाखाैं संख्याको निवारणजन्य मृत्युको साक्षी हुनेछाैं भने गरिब जनसंख्या स्वास्थ्य सेवाको असमानताको थप भूमरीमा जेलिनेछन्।’

रेमडेजिभिरको उत्पादक गिलिड साइन्स कम्पनीले अमेरिकी सरकारबाट कम्तीमा ७ करोड ९० लाख अमेरिकी डलरबराबरको सहयोग प्राप्त गरेको थियो। अमेरिकी जनताले तिरेको करबाट लाभ लिए पनि सो कम्पनीले उपभोक्ताका लागि आफ्नो उत्पादनको आकस्मिक प्रयोगमाथिको पहुँच रोक्का गर्ने घोषणा गरेको थियो। फलस्वरुप तीव्र आलोचनापछि कम्पनीले यसै सातामात्र आफूसँग भएको रेमडेजिभिरको सम्पूर्ण मौज्दात अमेरिकी सरकारलाई दान गर्ने जनाएको छ।

मार्च महिनाको अन्त्यतिर अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले रेमडेजिभिरलाई ‘अर्फान ड्रग’को हैसियत प्रदान गरेको थियो जसको अर्थ यस औषधीको बिक्रीबाट उत्पादक कम्पनीले अबको ७ वर्षसम्म पूरा नाफा लिन सक्छ भन्ने हो।

सामान्यतया ‘अर्फान ड्रग’ को हैसियत कोभिड–१९ भन्दा पनि दुर्लभ प्रकृतिको रोगको उपचारलाई प्रयोग हुने औैषधीलाई प्रदान गरिन्छ। गत वर्ष ५ अर्ब अमेरिकी डलरबराबर नाफा गरेको गिलिडको ट्रम्प प्रशासनसँग नजिकको साँठगाँठ रहेको बताइएको छ। हाल ह्वाइट हाउसको कोरोना भाइरस टास्कफोर्सअन्तर्गत कार्यरत जो ग्रोबनले सन् २०११ देखि २०१७ सम्म सो कम्पनीको पक्षमा पैरवी गरेका थिए।

अध्ययनका लेखकमध्ये एक डाक्टर जाबक लेभीले लन्डन अस्पतालबाट टेलिफोनमार्फत द गार्जियनलाई ‘अनुसन्धान र औषधीको विकास तथा उत्पादनमा निकै कम खर्च गरेता पनि ठूला औषधी उत्पादक कम्पनीहरूले अनावश्यक तथा अनधिकृत रूपमा अत्यधिक उच्च मूल्य लिने गरेको पहिल्यैदेखिको इतिहास रहेको’ बताएका छन्।

‘विगतमा हेपाटाइटिस र एचआईभी जस्ता संक्रामक रोगको उपचार विकासक्रममा पनि यस्तो प्रवृत्ति देखिएको थियो। तर यसपल्ट हामी यस्तो हुन दिँदैनाैं,’ उनी भन्छन्, ‘अन्यथा, हामी लाखाैं संख्याको निवारणजन्य मृत्युको साक्षी हुनेछाैं भने गरिब जनसंख्या स्वास्थ्य सेवाको असमानताको थप भूमरीमा जेलिनेछन्।’

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय