मंगलबारदेखि दिल्लीबाट एक साताका लागि १५ ट्रेन सञ्चालन हुँदै

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ३० गते १३:२७

भारतले एक साताका लागि मंगलबारदेखि रेलसेवा सञ्चालन गर्ने भएको छ।

कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनमा परि अलपत्र परेका श्रमिक सर्वसाधारण नागरिकलाई गन्तव्य स्थानतर्फ पठाउनका लागि भारत सरकारले मंगलबारदेखि दिल्लीबाट सात दिनका लागि १५ ट्रेन सञ्चालन गर्ने भएको हो।

रेलसेवा सञ्चालन हुने भएपछि १६.१५ करोड रुपैयाँ बराबरका करिब ५० हजार टिकट बुक गरिएका छन्।

रेलसेवा सञ्चालन गरिएपनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले यात्रुका लागि केही नियम बनाएको छ। जसको पालना अनिवार्य गर्नुपर्ने बताइएको छ।

रेलमा सवार यात्रुलाई पहिलेको जस्तो तौलिया, रुमाल, सामान्य भोजन तथा पेय पदार्थको व्यवस्था हुने छैन्। यात्रुहरूले प्याकिङ गरेको खाना खानुपर्ने छ। रेल विभागले स्यानीटाइजरको व्यवस्था गर्ने छ।

सबै यात्रुलाई मास्क अनिवार्य गरिएको छ। ट्रेनमा वातावरण अनुकुल डिब्बामात्रै हुने र सामान्य रेल सरहको टिकटको व्यवस्था गरिएको छ। यसका साथै रेल विभागले यात्रुलाई खाना पानी लगायतको आफ्नो व्यवस्था आफै गर्न आग्रह गरेको छ।

कोरोना भाइरसको संक्रमण रहे नरहेको पत्ता लगाउन आरोग्य मोबाइल एप्लिकेसन अनिवार्य गरेको छ। एप्लिकेसनले भाइरसको नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने भन्दै भारत सरकारले आरोग्य एप्लिकेसन अनिवार्य गरिएको बताएको छ।

रेलको टिकट अनलाइनबाट मात्रै काट्न सकिने र सात दिनका लागि मात्रै भएकाले एक हप्ताभन्दा बढी समयको लागि अग्रीम टिक बुकिङ गर्न नपाइने व्यवस्था गरिएको छ। यसका साथै विभागले आवश्यक परेमा २४ घण्टा अगाडि टिकट रद्ध गर्न सकिने र रद्ध गर्दा ५० प्रतिशत रकम कट्टा गरिने बताएको छ।

टिकट लिएका बाहेकलाई रेल स्टेशनमा आउन दिइने छैन्। ट्रेनमा चढ्नुअघि मास्क तथा स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ। भाइरसको कुनैपनि लक्षण नदेखिएकाहरूलाई मात्रै ट्रेनमा बस्ने अनुमति प्रदान गरिने छ। रेल सञ्चालन भएपछि धेरै कम स्टेशनमा मात्रै रोकिने रेल सेवा विभागले बताएको छ।

भारत सरकारले करोडौं नागरिकले घर फर्किन चाहेको बताएको छ। अहिलेसम्म भारतमा ९ करोड ८ लाख सर्वसाधारणले आरोग्य मोबाइल एप्लिकेसन डाउनलोड गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय