‘स्वास्थ्य उपकरणहरू प्रयोगशाला परीक्षण नगरी मानव प्रयोगमा नल्याउ’

स्वास्थ्य उपकरणहरुको प्रयोगशलामा परीक्षण नगरिकनै मानव प्रयोगमा ल्याएको भन्दै नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले सरकारलाई ध्यानकषर्ण गराएको छ ।

‘कोभिड १९’ को महामारीको कारण संसारले नै स्वास्थ्य सामग्री एवं औषधिको चरम भइरहेको छ । तर, अभाव पूर्ति गर्न उत्पादन भएका सामग्रीहरु आकर्षक देखिपनि वास्तवमा ज्यानको जोखिम बढाउने खालका स्वास्थ्य सामग्री उत्पादन भएको भन्दै नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन सरकारको ध्यानकर्षण गरेको छ ।

स्यानिटाइजर टनेल तथा स्प्रेले मानव स्वास्थ्यका लागि हानिकारक डिसइन्फेन्टहरु स्प्रेको रुपमा प्रयोग गरिएको छ, उक्त अपिलमा भनिएको छ,‘ मानव शरीरमा यसरी स्यानिटाजर छर्किनु हानिकारक हुने मात्र होइन, यसले ‘कोभिड १९’ रोकथाममा कुनै भुमिका खेल्दैन ।’

त्यसैगरी, स्वचालित रिसासिटेटर लाई भेन्टिलेटरको रुपमा प्रचार गरी प्रयोगमा ल्याउनु खेदजनक रहेको सोसाइटीले जनाएको छ । बाटोमा सर्जिकल ग्लोभ्स तथा एन–९५ मास्क लगाएर हिडेर स्वास्थ्य सामग्रीको दरुपयोग नगर्नेको लागि सोसाइटीले स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय