स्वदेश फर्किन चाहने नेपालीलाई सीमा पुग्ने व्यवस्था मिलाउ : मुख्यमन्त्री आदित्यनाथ

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख ३० गते १२:२२

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने नेपालीलाई नेपाल भारत सीमासम्म पु-याउने व्यवस्था मिलाउन राज्यका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

रोजगारी तथा अन्य कामका सिलसिलामा उत्तर प्रदेशमा रहेका नेपालका नागरिकले घर फर्किन चाहे उनीहरूको व्यवस्था मिलाउन अधिकारीहरूलाई निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले ट्विटरमार्फत जानकारी दिएको हो।

‘उत्तर प्रदेशमा रहेका घर जान चाहने नेपालीहरूलाई घर फर्किने व्यवस्था गरौं। र, भारतमै बस्न चाहानेहरूको उचित व्यवस्थापन गर्रौ,’ योगीको अफिसियल ट्विटरमा भनिएको छ।

त्यसैगरी योगीले लकडाउनका कारण उत्तर प्रदेशमै बस्न चाहने नेपालीका लागि पनि आवश्यक प्रबन्ध मिलाउन पनि स्थानीय अधिकारीलाई निर्देशन दिएका छन्।

दिल्ली तथा अन्य ठाउँबाट घर फर्किरहेकाहरू यहीँ राज्य भएर नेपाल आउन खोजिरहेका छन्। तर, नेपालतिर भने आउन दिइएको छैन। उत्तर प्रदेश कैलाली, कञ्चनपुर तथा अन्य जिल्लाहरुसँग सिमाना जोडिएको प्रदेश हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय