सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७७ वैशाख ३० गते १२:१८

वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन्। जोशी मंगलबारदेखि १०१ वर्षमा प्रवेश गरेका हुन्।

संस्कृति, कला र साहित्यमा विशिष्ट योगदान दिएका जोशीको अघिल्लो जन्मदिनमा ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा नै दिएको थियो।

जोशीको सम्मानका लागि महानगरले विशेष कार्यक्रमको आयोजना गरेको थियो।

शताब्दीपुरूष जोशीलाई नेपाल र विदेशबाट पनि जन्मदिनको शुभकामना प्राप्त भएको छ। नेपालका विभिन्न क्षेत्रका अगुवा तथा राजनीतिक पार्टीका नेताहरूले शुभकामना दिएका छन्।

नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि शताब्दीपुरुष जोशीलाई १०१ औँ जन्मदिनको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

त्यसैगरी कूटनीतिक निकायका नेपालस्थित प्रमुखहरूले पनि जोशीको जन्मदिनमा शुभकामना व्यक्त गरेका छन्।

नेपालका लागि अमेरिकी राजदूत याण्डी बेरीले पनि जोशीलाई जन्मदिनको शुभकामना दिँदै सुस्वास्थ्यको कामना व्यक्त गरेका छन्।

‘ह्याप्पी १०१औँ जन्मदिन सांस्कृतिक आइकोन सत्यमोहन जोशी, प्रसिद्ध नेपाली लेखक तथा संस्कृति संरक्षक र वातावरण संरक्षक,’ राजदूत बेरीले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय