थप १३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा १३४ संक्रमित पुगे

कपिलवस्तु, वर्दिया र रुपन्देहीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्धभुमि ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका ७ र लुम्बिनी संस्कृतिक गाउँपालिका ६का २४, २७, २६, ३० र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। त्यस्तैगरी वर्दिया राजपुर ५ निवासी एक ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

अब नेपालमा कूल संक्रमितको संख्या १३४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय