राहतका लागि कुहिएको चामल बेच्ने ठाकुर ट्रेड लिंकलाई कारबाहीको सिफारिस

कुहिएको चामल बिक्रि गर्ने धनगढीको ठाकुर ट्रेड लिंकलाई कार्वाहीको लागि सिफरिस गरिएको छ।

राहत वितरणका क्रममा स्थानीयले कुहिएको चामल भेटाएपछि धनगढी उपमहानगरपालिका लगायत खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले चामल भण्डारण गरी राखेको धनगढी उपमहानगरपालिका वडा नंम्बर ४ स्थित गोदामको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा गोदाममा राखिएका केही प्याकेट चामल खोलेर हेर्दा किरा भेटिएका छन् ।

किरा भेटिएपछि टोलीले थप अनुसन्धान गरि ठाकुर ट्रेड लिंकलाई कार्वाहीका लागि सिफारिस गरेको हो । टोलिमा सहभागी खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य निरिक्षक दिपक कुँवरले भने–‘गोदाममा रहेका केही चामलमा किरा भेटिएका छन्, चामल प्रयोगशालामा लगेर परिक्षण पछि कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

वडा नम्बर ४ का अध्यक्ष दिपक थापाले भने कुहिएको चामल वितरण गर्नुमा आफ्नो कुनै गल्ति नभएको बताए । ‘चामल वितरण गर्दा एकदुई बोरा खोलेर हेर्दा राम्रै थियो, सबै खोलेर हेर्ने कुरा भएन’ अध्यक्ष थापाले भने–‘यो हाम्रो गल्ति होइन् यसबारे छलफल गर्छौ ।’

२ करोड ६१ लाखको खाद्यान्न किनेर, राहतका लागि ‘कुहिएको’ चामल बाँडियो

उपमहानगरले २ करोड ६१ लाख रुपैयाँ लागतमा ठाकुर ट्रेड लिंक संग चामल किन्ने सम्झौता गरेको थियो । उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्वीन्टल चामल, ८ सय क्वीन्टल दाल लगायतका समाग्री आपूर्तीका लागि ठेक्का गरेको थियो ।

गरिब तथा विपन्न नागरिकका लागि भन्दै उपमहानगरले दोस्रो चरणको राहात वितरण गरिरहेको छ । पहिलो चरणमा प्रति परिवार १० किलो चामल वितरण गरिएको थियो भने दोस्रो चरणमा प्रति परिवार २० किलो चामल लगायत चिनी, तेल साबुन वितरण गरिएको थियो ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर ओडले कुहिएको चामल समन्धमा थप अनुसन्धान गरि कार्वाही प्रकृया अघि बढाउने बताए । उनले भने–‘तत्काललाई चामलमा समस्या देखिएपछि राहत वितरणमा रोक लगाएका छौं, चाँडै अनुसन्धान पछि राहत बितरण प्रक्रिया बढाउँछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय