२ करोड ६१ लाखको खाद्यान्न किनेर, राहतका लागि ‘कुहिएको’ चामल बाँडियो

धनगढी उपमहानगरपालिकाले राहातको बाँडेको चामल कुहिएको भन्दै स्थानीयले फिर्ता गरेका छन्।

कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै गरिएको लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारलाई राहतमा उपमहानगरले चामल वितरण गरेको थियो। स्थानीयले बोरा खोलेर हेर्दा कुहिएको चामल वितरण गरेको पाइएको हो।

सोमबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर–४ उत्तरबेहडीको शिवपुरी धाममा वितरण गरिएको चामल कुहिउको भेटिएको हो। कुहिएको चामल वितरण गरिएपछि स्थानीयले विरोध गर्दै चामल वडा कार्यालयलाई फिर्ता गरेका छन्।

उपमहानगरको वडा नम्बर ४ का अध्यक्ष दिपक थापाले भने कुहिएको चामल वितरण गर्नुमा आफ्नो कुनै गल्ति नभएको बताए। ‘चामल वितरण गर्दा एकदुई बोरा खोलेर हेर्दा राम्रै थियो, सबै खोलेर हेर्ने कुरा भएन, अध्यक्ष थापाले भने,‘यो हाम्रो गल्ति होइन् यसबारे छलफल गर्छौ।’

उपमहानगरले आफ्नै स्रोतबाट २ करोड ६१ लाख रुपैयाँ लागतमा ठाकुर एग्रो इण्डिष्ट्रिजबाट चामल किन्ने सम्झौता गरेको थियो।

गरिब तथा विपन्न नागरिकका लागि भन्दै उपमहानगरले दोस्रो चरणको राहात वितरण गरिरहेको छ। पहिलो चरणमा प्रतिपरिवार २० किलो चामल वितरण गरिएको थियो भने दोस्रो चरणमा प्रतिपरिवार १० किलो चामल लगायत चिनी, तेल साबुन वितरण गरिएको थियो।

संंंकटको बेला उपमहानगरले जनताको स्वास्थ्यमाथि खेलवाड गरी झुक्याउन खोजेको भन्दै आक्रोश पोखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय