मल्होत्राले दिए चिकित्सक संघलाई ५ हजार मास्क

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख २९ गते १७:१८

आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले नेपाल चिकित्सक संघलाई ५ हजार मास्क हस्तान्तरण गरेका छन्। मल्होत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सहयोगस्वरुप प्रदान गरेका हुन्।

मल्होत्राले आफ्नो कम्पनीबाट उत्पादित माक्स बिभिन्न अस्पताल, सुरक्षा निकाय, सामाजिक कार्यकर्ता र पत्रकारहरूलाई नि:शुल्क वितरण गर्दै आइरहेका छन्।

कोरोना फैलिन सक्ने त्रासबीच मास्क अभाव भइरहेका बेला मल्होत्राले ठूलो मात्रामा मास्क उत्पादन सुरु गरेर देशको लागि राम्रो काम र ठूलो सहयोग गरेको भन्दै संघका अध्यक्ष डा. लोचन कार्कीले खुसी व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय