२ महिनादेखि ८० वर्षसम्म कोरोना संक्रमण, २० देखि ५० वर्ष बढी संक्रमित

नेपालमा कोरोना संक्रमण २० देखि ५० बर्षसमूहका  धेरै देखिएको छ ।। हालसम्म २ महिना देखि ८१ वर्षसम्मका मानिसलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युवा उमेरमा कोरोनाले लाग्दैन भन्ने कुरा भ्रम रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् । ‘ युवा उमेरमा कोरोना लाग्दैन भन्ने जनमानसमा सुनिएको छ, डा. देवकोटाले भने,‘ नेपालको परिवेशलाई हेर्दा युवा वर्ग कोरोनाबाट संक्रमित भएका छन् ।’

धुम्रपान तथा सुर्तीजन्य पदार्थले सेवनले गर्दा कोरोना संक्रमण हुने सम्भवना रहेको कारण सुर्तीजन्य पदार्थ सेवन नगर्न डा. देवकोटाले आग्रह गरे ।
हालसम्म १ सय २१ जना संक्रमित भएका छन् भने ३३ जना निको भएर डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमित मध्ये ८९ जना पुरुष र ३२ जना महिला रहेका छन् ।  प्रदेश गत विवरण हेर्दा प्रदेशमा ५ मा सबैभन्दा बढी ४० संक्रमित रहेका छन् । त्यसैगरी प्रदेश १ मा ३५, प्रदेश २ मा ३२, बागमती प्रदेशमा ७, सुदुरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जना रहेका छन् ।

८८ जना विभिन्न अस्पतालमा उपचारत छन् । विरगञ्जमा २८, विराटनगरमा १९, रुपदेहन्दीमा १६, नेपालगञ्जमा २४ र भरतपुरमा १ जना उपचारत रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाको आंशकामा पीसीआरबाट १७ हजार ८ सय ९ र र्यापिट टेस्टबाट ५८ हजार ५ सय ४६ नमुना परीक्षण भएको छ । गत २४ घण्टामा २ हजार ७ सय ९९ नमुना परीक्षण परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश गत विवरण गर्दा प्रदेश १ मा ७ हजार ७ सय ३७, प्रदेश २ मा ५ हजार ९ सय २७, बागमती प्रदेशमा ९ हजार २ सय ९०, गण्डकी प्रदेशमा ६ हजार ४ सय ८४, प्रदेश ५ मा ६ हजार ९ सय ८५, कणाली प्रदेशमा ७ हजार १ सय १४ र सुदुरपश्चिम १५ हजार ९ को नमुनाा परीक्षण भएका छन् ।

सोमबार १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये प्रदेश १ हजार ४७, प्रदेश २ मा १ हजार ५ सय १७, बागमती १ सय १८, गण्डकी प्रदेशमा ३ सय १६, प्रदेश ५ मा ४ हजार ९ सय ४३, कर्णाली प्रदेशमा १ हजार ७ सय ४५ र सुदुरपश्चिम प्रदेशमा ३ हजार १५ जना क्वारेन्टाइनमा रहेका छन् ।

हाल आइसोलेसनमा १ सय ५३ जना र रेडजोनमा ३ सय ४२ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय