एभरेष्ट बैंक कर्मचारी परिवारद्वारा ३० लाखको राहत सामग्री वितरण

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख २९ गते १७:०८

एभरेष्ट बैंक कर्मचारी परिवारले लकडाउनका कारण रोजगार गुमाएका विपन्न परिवारहरूलाई राहत सामग्री वितरण गरेका छन्। देशका विभिन्न भागमा स्थानीय निकायसँगको समन्वयमा सामग्री वितरण गरिएको बताइएको छ।

कोरोनाको प्रभावसँगै जारी लकडाउनले विपन्न परिवारको चुलो बल्नै मुक्किल भइरहेको अवस्थामा बैंक कर्मचारी परिवारले राहत वितरण गरेका हुन्।

एभरेष्ट बैंकको सबै प्रादेशिक कार्यालयहरूको समन्वयमा राहत वितरण गरेको हो। राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरूले प्रदान गरेका हुन्।

बैंकले यसअघि पनि नेपाल सरकारको कोरोना राहत कोषमा एक करोड दुई लाख प्रदान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय