मानव अधिकार आयाेग अध्यक्ष भन्छन्- सरकार महामारी छाडेर राजनीतिक खेलमा

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकार कोभिड–१९ महामारीसँग मुकाबिला गर्न छाडेर राजनीतिक खेलमा केन्द्रित भएको टिप्पणी गरेका छन्।

हेल्थपोस्ट नेपालसँगको विशेष कुराकानीमा अध्यक्ष शर्माले जनताबाट सबै निर्देशन पालना हुँदाहुँदै सरकारचाहिँ गम्भीर बन्न नसकेको बताए। ‘सरकारको भूमिका खासै प्रभावकारी देखिएको छैन। केही समय सत्ता परिवर्तन, प्रधानमन्त्री परिवर्तनलगायतका खेलमा फस्यो। सरकार गम्भीरताका साथ दत्तचित्त भएर लाग्नुपर्थ्याे ,’ उनले भने।

सरकार आफैं राजनीतिक रनभुल्लमा परेको उल्लेख गर्दै उनले मान्छे नै रहेन भने शासन कसका लागि भनेर प्रश्न गरे। ‘सबैभन्दा मुख्य अधिकार बाँच्ने अधिकार हो। जब जीवन नै छैन भने यी सब कुरा गौण हुन्छन्,’ उनको कथन छ।

‘अन्य विकल्पका बारेमा पनि सोच्नुपर्थ्याे। पसलहरू के कति खोल्ने, अन्य सहज विकल्प कसरी अपनाउने भन्ने कुरा हुनुपथ्र्यो। जुन हुन सकेन। लकडाउन पनि व्यवस्थित हुन सकेन। कतै मान्छेले बाहिर हिँड्दा लाठी खानुपर्यो। लाठी प्रहार गर्नलाई कफ्र्यु जारी भएको होइन नि,’ उनले भने।

अध्यक्ष शर्माले कोभिड–१९ नियन्त्रणका विषयमा आजसम्मका सरकारका सबै निर्णयहरुबारे विश्लेषण गरिनुपर्ने बताए। उनले लकडाउन बढाइरहनु मात्र समाधान नभएको तर्क गरे। लकडाउनको समय सकिने भएपछि अघिल्लो दिनमात्र मन्त्रिपरिषद् बैठक डाकेर म्याद बढाउने सरकारको कार्यशैलीप्रति उनले असन्तुष्टि जनाए।

‘अन्य विकल्पका बारेमा पनि सोच्नुपथ्र्यो। पसलहरू के कति खोल्ने, अन्य सहज विकल्प कसरी अपनाउने भन्ने कुरा हुनुपथ्र्यो। जुन हुन सकेन। लकडाउन पनि व्यवस्थित हुन सकेन। कतै मान्छेले बाहिर हिँड्दा लाठी खानुपर्यो। लाठी प्रहार गर्नलाई कफ्र्यु जारी भएको होइन नि,’ उनले भने।

अध्यक्ष शर्माले आफ्नो देश आउँछु भन्ने नागरिकलाई सरकारले ल्याउँदिन भन्न नपाउने पनि बताए। ‘पहिले सीमानामा जाँचौं। संक्रमित देखिए, अस्पताल लगौं। सरकार भइसकेपछि त्यो त बेहोर्नुप-यो नि,’ उनले भने, ‘नागरिकबाट करमात्रै लिने त होइन नि। मबाट कर लिँदा सरकारको दायित्व पनि त मप्रति छ नि । नत्र नागरिकले कर किन तिर्ने? राज्यले मलाई अप्ठ्यारोमा हेर्छ भनेर न नागरिकले कर तिर्ने हुन्। यस्तो बेला राज्य काम नलागे कहिले काम लाग्छ?’

(हेल्थपाेस्ट नेपालले शर्मासँग गरेकाे विस्तृत कुराकानी केही बेरमा प्रकाशित गर्नेछाैं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय