‘मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया गलत’

सरकारले भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको प्रक्रियाप्रति सरकारी चिकित्सक संघले आपत्ति जनाएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै मानव अङ्ग प्रत्यारोपण विकास समिति गठन आदेश-२०६८ मा भएको व्यवस्थाभन्दा बाहिर रहेर सरकारले कार्यकारी निर्देशक नियुक्त गरेकोभन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कार्यकारी निर्देशक नियुक्ती गर्दा नेपाल सरकार स्वास्थ्य सेवाको हुनु पर्ने व्यवस्था भए पनि सरकारले गठन आदेशमा भएको व्यवस्थाविपरित गरेको संघको आरोप छ। यसभन्दा अगाडि स्वास्थ्य सेवाकै व्यक्ति निर्देशकमा नियुक्त हुने गरिए पनि यसपटक त्यो तोडिएको भन्दै संघले आपत्ति जनाएको छ।

यस्ता क्रियाकलापले सरकारी चिकित्सकहरूको मनोबल घट्ने संघको ठहर छ। संघले यस्तो गलत प्रक्रियालाई तत्काल सच्याउनसमेत सरकारलाई आग्रह गरेको छ।

सरकारले केही दिन पहिले केन्द्रको कार्यकारी निर्देशकमा प्रा. डा प्रेम ज्ञवालीलाई नियुक्त गरेको थियो।

One thought on “‘मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया गलत’

  1. Sahid Gangalal ma Dr. Bhagwan Koirala jana hune tyo pani 8 barsa ka lagi. Sahid Dharmabhakta ma Dr. Prem Gyawali jana kina nahune?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय