क्वारेन्टाइनबाट फर्केको दोस्रो दिन कोरोना संक्रमण रहेको पुष्टि

सप्तरीका एक युवकमा कोरोना संक्रम देखिएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने १८ वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको हो। सप्तरीमा कोरोना संक्रमणको यो पहिलो ‘केस’ देखिएको हो।

यसअघि आरडीटी परीक्षणमा दुईजना पोजिटिभ देखिएपनि बीपी कोइरालाला विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणपछि उनीहरूको पीसीआर रिपोर्ट निगेटिभ आएको थियो।

सोमबार कोरोना पोजिटिभ देखिएका युवक करिब २०/२५ दिनअघि चितवनबाट घर फर्केका गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डा. चुमनलाल दासले जानकारी दिए।

चितवनमा मजदुरीको काम गर्ने ती युवकको २५ वैशाखमा जिल्ला स्वास्थ्य कार्यालयको टोलीले स्वाब संकलन गरेको थियो। धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा उनको स्वाब जाँचमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चितवनबाट फर्किएका उनलाई १४/१५ दिनसम्म क्वारेन्टाइनमा घर फर्काइएको बताइएको छ। ‘उनी १४/१५ दिन क्वारेन्टाइनमा बसेका थिए, अहिले उनी घरमै हुनुपर्दछ,’ दासले भने,‘कोरोना संक्रमित देखिएका ती युवकलाई अस्पताल ल्याउने तयारी भइरहेको छ।’

सोमबार कोरोना पुष्टि भएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको अस्पतालका प्रमुख दासले बताए। ‘सुरक्षा निकायका साथै स्वास्थ्यकर्मीहरूको टोली त्यहाँ पुगेको छ, हामी पनि तयारी गरिरहेका छौं, उनलाई अस्पतालको आइसोलेसनमा राखिने छ,’ दासले भने।

उनी आइतबार क्वारेन्टाइनबाट घर फर्केका थिए। घर फर्केको दोस्रो दिन उनी कोरोना स‌क्रमित रहेको पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय