कपिलवस्तु आजदेखि जेठ ५ सम्म सिल

जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको छ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि र भारतबाट नेपाल भित्रिनेको चाप बढेपछि जिल्लालाई सिल गर्ने निर्णय गरिएको हो।

कपिलवस्तुको भारतीय सीमातर्फ आईबारसम्म साँझसम्ममा १९ सय बढी व्यक्ति अलपत्र अवस्थामा रहेको स्थानीय प्रशासनको भनाई छ । ति व्यक्तिहरु राति लुकिछिपी नेपाल प्रवेश गरेको स्थानीयहरु बताउँछन्।

जिल्लाको सुरक्षा समितिको बैठकले गरेको निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागु हुने पत्रकार सम्मेलन गरी कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडललले जानकारी गराए।

स्थानीय प्रशासनले अति आवश्यकीय वस्तुहरु ढुवानी खाद्यान्न, तरकारी, फलफुल, दुध, पेटेलियम पदार्थ, ग्यास, औषधी, पानी, पशुपंक्षीको दाना, एम्बुलेन्स, शबवाहन, तथा राजमार्ग भएर गुड्ने सवारी साधनहरु बाहेक जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानिसको आवत जावत र सम्पूर्ण किसिमका उद्योगधन्दा कलकारखाना संचालनमा पूर्ण रोक लगाएको छ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ७ बजेदेखि ९ बजेको समय तोकिएको छ ।

कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनहरुमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन रहेका २ जना छन् ।

यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय