बजेट कनिकाझैँ छर्ने होइन, कोरोना महामारीमै सम्पूर्ण ध्यान लगाऔँ: उमा रेग्मी

नेपाली कांग्रेसकी नेतृ तथा सांसद उमा रेग्मीले बजेट कनिकाझैँ छर्ने अवस्था नरहेको बताएकी छिन्। उनले कोरोना महामारीमा ध्यान केन्द्रित गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामा संसदमा भएकाले छलफलमा नेतृ अधिकारीले प्राथमिकताहरू छुट्याएर कोरोना भाइरसको महामारीमा सम्पूर्ण शक्ति लगाउन आग्रह गरेकी हुन्।

‘लकडाउन सकिएपछि कोरोना महामारी सकियो भन्ने अवस्था छैन, सन् १९१८ को महामारीमा संक्रमण पुनः फैलिएर ६ करोड मानिसलाई प्रभावित गरेको थियो, यो वर्ष सम्पूर्ण रूपमा सतर्क हुनैपर्छ,’ सांसद रेग्मीले भनिन्।

अझै भयावह अवस्था आउन सक्ने भएकाले त्यो संकटको परिस्थितिको विश्लेषण गरी बजेटका प्राथमिकताहरू तोक्नुपर्नेमा सांसद रेग्मीको जोड थियो।

सरकारले फजुल खर्च गरिरहेको टिप्पणी गर्दै नेतृ रेग्मीले कोरोनाको कहरमा हजारौँ कार्यकर्तालाई खुवाउने गरी सुकुम्बासीसहितका आयोग गठन गरिएकाले यसलाई रोक्न पनि माग गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय