सप्तरीमा १ युवकमा कोरोना संक्रमण पुष्टि

सप्तरीमा एकजनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यो संगै नेपालमा हाल कोरोना भाइरसबाट संक्रमितको संख्या १ सय २१ पुगेको छ।

भाइरसको संक्रमण देखिएका युवाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशलामा परीक्षण गर्दा पुष्टि भएको हो।

उनको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सोमबार बिहान कपिलवस्तुमा १० जनामा भाइरस पोजेटिभ देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय