‘विनियोजन विधेयकमा परम्परागत बजेटको सप्तरंगी झलक आयो, बजेट महामारीमा केन्द्रित होस्’

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री गोकर्ण बिष्टले कोरोनो भाइरसको महामारी न्यूनिकरण र नियन्त्रणका लागि बजेट केन्द्रित भएको टिप्पणी गरेका छन्।

संसदमा विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा सांसद बिष्टले कोरोना भाइरसको महामारीका कारण अर्थतन्त्रमा परेका प्रभाव न्यूनिकरण गर्नका लागि बजेट केन्द्रित हुनुपर्ने बताएका हुन्।

‘विनियोजन विधेयकमा परम्परागत बजेटको सप्तरङ्गी झलक आइरहेको छ, तर ऐतिहासिक रूपमा जुन प्रकारको संकटमा छौँ, यो संकटलाई सामना गर्ने तहमा बजेट आउनुपर्छ,’ बिष्टले भने।

महामारीको जोखिम न्यूनिकरण गर्ने तहमा बजेटका सिद्धान्त र प्राथमिकता केन्द्रित हुन जरूरी रहेको उनको धारणा छ।

कोरोनाको प्रभावले बरोजगारी बढ्ने, गरिवीको संख्यामा वृद्धि हुने, वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्किने, आपूर्ति न्यून हुने, महँङ्गो बढ्ने, रेमिट्यान्स घट्ने, वैदेशिक मुद्राको सञ्चितीमा कमी हुने आदि समस्या सिर्जना हुने बिष्टले बताए।

राजश्व न्यून हुँदा विकास आयोजनाहरू अवरुद्ध हुने, पूँजीगत खर्च न्यून हुने र जनतामा मनोवैज्ञानिक र मानसिक असर पर्ने भएकाले बजेट यी समस्या समाधानका विषयमा केन्द्रित हुनुपर्नेमा पूर्वमन्त्री बिष्टको जोड छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय