कपिलवस्तुमा संक्रमित थपिए, खोई परीक्षण तीव्र पारेको, सरकार किन गम्भीर छैन?

नेपाली कांग्रेसका नेता तथा सांसद अभिषेकप्रताप शाहले कपिलवस्तुमा बढेको कोरोना भाइरसको संक्रमणका विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सोमबारको संसद बैठकको शून्य समयमा बोल्दै शाहले सरकारले कोरोना परीक्षण र जोखिम न्यूनिकरणका लागि गम्भीर रूपमा पहल नगरेको टिप्पणी गरेका हुन्।

शाहले कपिलवस्तुमा सोमबार मात्रै थप १० जनालाई संक्रमण देखिएको र सीमा क्षेत्रमा २ हजार नेपाली अलपत्र रहेको उल्लेख गरे।

‘अलपत्र नेपालीलाई नेपाल भित्र्याउन कुनै मेकानिजम् छैन अहिलेसम्म, सरकारले उनीहरूको पिसिआर वा र्‍यापिड टेस्ट गरेर सम्बन्धित नगरपालिका वा गाउँपालिकामा पठाउने व्यवस्था मिलाउनुपर्छ,’ सांसद शाहले भने।

आवश्यक परीक्षण र सीमाक्षेत्रमा बसेका नेपालीको विषयमा सरकारले गैरजिम्मेवारी देखाएको धारणा शाहले राखेका छन्। परीक्षण तीव्र पार्न उनले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय