वीरगन्जको नारायणी एफएमका पत्रकार तिवारी पक्राउ

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनकै गेट अगाडिबाट आइतबार दिउसो २ बजे पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको हो।

एफएम स्टेशनको गेट छेउकै सडकपेटीमा यादवले मोटरसाइकल पार्किङ गरेका थिए। दुई भ्यानमा आएका प्रहरीले सडक पेटीमा मोटरसाइकल किन राखेको भन्दै पक्राउ गरेको प्रत्यक्षदर्शी एवम् एफएमका प्राविधिक प्रमुख दिपेन्द्र साहले जानकारी दिए।

यादवलाई लछारपछार गर्दै प्रहरीले भ्यानमा राखेको र मोबाइल पनि खोसेर राखेको साहले बताए। यादव पक्राउ परेको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका सञ्चारकर्मीलाई समेत उनीसँग भेट गर्न दिइएको छैन।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले लकडाउनको बहानामा चिकित्सक, औषधि व्यवसायी र स्थानीयलाई समेत प्रहरीले दुर्व्यवहार गर्दै आएको आरोप लगाएका छन्। उनले पत्रकारलाई समेत प्रहरीले दुर्व्यवहार गर्न नछोडेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताए।

हातपात तथा दुर्व्यवहारमा उत्रिएका प्रहरीलाई तत्काल कारबाही गरि पत्रकार यादवलाई विना सर्त रिहा गर्नुपर्ने मागसहित कार्यालय गेट अगाडि सञ्चारकर्मीले धर्ना दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय