पाकिस्तानमा लकडाउन तीन साता थपियो

पाकिस्तानले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउनको अवधि तीन साताका लागि थप गरेको छ।

पाकिस्तानी सरकारले आइतबार मे ३१ तारिखसम्म लकडाउनको अवधि थप गरिएको घोषणा गरेको हो। पाकिस्तानको राजधानी इस्लामाबाद, पन्जाब तथा जोखिम बढी भएका अन्य राज्यमा लकडाउनमा थप कडाइ गरिने भए पनि अन्य क्षेत्रमा भने व्यापार व्यवसायलाई सजिलो हुनेगरी लकडाउन केही खुकुलो गरिएको जनाइएको छ ।

सर्वसाधारणको धेरै भीडभाड नहुने ठाउँमा लकडाउन खुकुलो बनाइएको पाकिस्तानी सरकारद्वारा जारी सूचनामा उल्लेख छ। त्यसमा जनाएअनुसार अत्यावश्यक सेवाका पसलहरू सातामा ५ दिन बिहान ८ देखि बेलुका ५ बजेसम्म खोल्न दिइनेछ।

पाकिस्तानमा कोरोनाबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनुपरेको सरकारी अधिकारीहरूले बताएका छन्।

पाकिस्तानमा अहिलेसम्म २९ हजार ४ सय ६५ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। त्यसमध्ये ६ सय ३९ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ८ हजार २३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानको पन्जाब प्रान्तमा ११ हजार ९३ जना, सिन्धमा १० हजार ७ सय ७१, खैबर पख्तुनख्वामा ४ हजार ५ सय ९, बालोचिस्तानमा १ हजार ९ सय ३५ जना, राजधानी इस्लामाबादमा ६ सय ४१ जना, गिलजिट बाल्तिस्तानमा ४ सय ३० जना र पाकिस्तानशासित काश्मिरमा ८६ जना गरी २९ हजार ४ सय ६५ मा कोरोना संक्रमण भेटिएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय