उपत्यकामा ३ र उपत्यका बाहिर १६१ जना कोरोना शंकास्पद बिरामी

उपत्यकामा ३ र उपत्यका बाहिर १ सय ६१ जना कोरोना शंकास्पद बिरामीको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोना आशंका गरिएका १ सय ६४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रदेश १ मा २३, प्रदेश २ मा ४५, बागमती प्रदेशमा ३ र प्रदेश ५ मा ३८ जना आइसोलेसनमा उपचार भइरहेका मन्त्रालयले जनाएको हो।

पिसिआरबाट हालसम्म १६ हजार ८ सय ९८ नमुना परीक्षण

हालसम्म कोरोना आशंकामा पिसिआरबाट १६ हजार ८ सय ९८ र र्‍यापिट टेस्टबाट ५६ हजार ६ सय ५७ नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
गत २४ घण्टामा १ हजार ३ सय १६ परीक्षण भएको छ।

र्‍यापिट  टेस्टमा प्रदेश १ मा ७ हजार ५५ , प्रदेश २ मा ५ हजार ८ सय ९०, बागमती प्रदेशमा ९ हजार १ सय ८१, गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश ५ मा ६ हजार ६ सय ७४, कर्णाली प्रदेशमा ६ हजार ३ सय ६३ र सुदुरपश्चिम प्रदेशमा १४ हजार ९ सय १० को नमुना परीक्षण भएको छ।

आइतबार क्वारेन्टाइनमा १३ हजार ६ सय २५

आइतबार देशभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ हजार २ सय ३८ , प्रदेश २ मा १ हजार ४ सय ४३ बागमती प्रदेशमा १ सय १०, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश ५ मा ४ हजार ९ सय ४२, कर्णाली प्रदेशमा २ हजार ३ सय २६ र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय २४ जना क्वारेन्टाइनमा रहेका छन्।

कोरोना संक्रमित १ सय १०, सबैभन्दा बढी प्रदेश १ मा ३५

हालसम्म कोरोना संक्रमित १ सय १० जना रहेका छन्। जसमध्ये पुरुष ७८ र महिदा ३२ जना रहेका छन्।  प्रदेश १ मा ३५, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

संक्रमित मध्ये ३१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

७९ जना अस्पतालमा उपचारत

विरगञ्जमा २७, विराटनगरमा ३१, रुपदेन्हीमा ६, नेपालगञ्जमा २४ र भरतपुरमा १ जना गरी ७९ जना उपचारमा रहेका छन्। उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय