कोरोना नियन्त्रणमा ट्रम्प प्रशासन अराजक बनेको ओबामाको आरोप

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले महामारीमा काम गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन्।

कोरोना भाइरस महामारीबाट संक्रमित तथा मृतकको संख्या निरन्तर बढ्दै गएपछि महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको प्रयास अपर्याप्त तथा अराजक भएको भन्दै ओबामाले ट्रम्पको आलोचना गरेका हुन्।

‘सरकारले अति बलियो र राम्रो रणनीतिका साथ काम गरेको भए कोरोना महामारीले यो रुप लिने थिएन। तर, अहिलेको प्रशासनको प्रयास पर्याप्त नहुँदा महामारीले जटिल रुप लिएको छ,’ ओबामाले भनेका छन्।

एक निजी कन्फ्रेन्स कलमा ओबामाले अमेरिकाले हाल महामारी नियन्त्रणका लागि गरेका कामहरू ‘स्पष्टरुपमा अराजक विपद’ जस्तो रहेको जानकारी दिएका छन्।

वर्तमान प्रशासनले महामारीमा पनि आफ्नो ‘स्वार्थ’ अनुकुलको मुनाफा खोजेका कारण समस्या विकराल बनेको ओबामाको भनाई उदृत गर्दै कन्फ्रेन्स कलमा सहभागीले बताएका छन्।

पूर्व राष्ट्रपति ओबामाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा जो बाइडेनको पक्षमा आफूले बिस्तारित भूमिका निर्वाह गर्न चाहेकोसमेत बताएका छन्। बाइडन ओबामाको कार्यकालमा उपराष्ट्रपति थिए।

ओबामाले आफ्ना पूर्व कर्मचारीहरूलाई बाइडेनको चुनावी अभियानमा काम गर्न आग्रह गरेका छन्। डोनाल्डड ट्रम्प प्रशासनले अपनाएको रणनीतिका कारण कोरोना भाइरसको महामारी थप भयानक बनेको ओबामाले बताएका हुन् ।

ओबामाले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनमाथिको आपराधिक अभियोग खारेज गरिएको घटनाको पनि आलोचना गरेका छन्।

अमेरिकी न्याय विभागले सन २०१६ को चुनावमा ट्रम्पलाई फाइँदा हुने गरी रुसले गरेको भनिएको दखलमा सहयोगीको भूमिका निर्वाह गरेको अभियोग लागेका फ्लीनमाथिको आरोप खारेज गरेको थियो।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १३ लाख ४७ हजार ३ सय ९ पुगेको छ भने ८० हजार ३७ जनाको मृत्यु भएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय