संसद बैठक सुरू, कोरोना महामारी र लिपुलेक अतिक्रमणबारे छलफल

संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठक सुरू भएको छ। आजको बैठकमा सांसदहरूले कोरोना भाइरसको महामारी रोकथाम र भारतले अतिक्रमण गरेको नेपाली भूमिका सम्बन्धमा कुरा उठाएका छन्।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार शुक्रबारका लागि २ वटा कार्यसूची राखिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिजारमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक २०७६ मा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनि प्रस्ताव गर्दैछन्।

अर्थमन्त्री युवराज खतिवडाले ‘आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय