उदयपुरमा थप १ जनालाई संक्रमण, संक्रमित संख्या १ सय १० पुग्यो

उदयपुरमा थप १ जनालाई कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार उदयपुर भुल्के निवासी ४३ बर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको हो ।

संक्रमित महिलाको नमुना परीक्षण कोशी अस्पताल विराटनगरको प्रयोगशालामा नुमना परीक्षण गरिएको थियो ।

मन्त्रालयका अनुसार संक्रमित महिला स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। यो संगै सक्रमित संख्या नेपालमा १ सय १० पुगेको छ । हालसम्म ३१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

३ जना निको भएतापनि पुन संक्रमण भएर अस्पताल भर्ना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय