कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ८० हजार नाघ्यो

विश्वभर कोरोना भाइरसका कारण २ लाख ८० हजार ४ सय ४३ जनाको ज्यान गएको छ। वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार ४१ लाख १ हजार ७ सय ७२ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये १४ लाख ४१ हजार ७ सय ९१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म १३ लाख ४७ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हालसम्म अमेरिकामा ८० हजार ३७ जनाले ज्यान गुमाइसकेका छन्।

स्पेनमा २ लाख ६२ हजार ७ सय ३ जना संक्रमितमध्ये २६ हजार ४ सय ७ जनाले ज्यान गुमाएका छन्। इटालीका २ लाख १८ हजार २ सय ६८ जनामा भाइरसको संक्रमण देखिँदा ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ।

त्यस्तै बेलायतमा २ लाख १५ हजार २ सय ६० जनामा भाइरसको संक्रमण देखिएको छ भने ३१ हजार ५ सय ७ जनाको ज्यान गएको छ। रसियामा अहिलेसम्म १ लाख ९ हजार ६ सय ७६ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। जसमध्ये १ हजार ८ सय २७ जनाले ज्यान गुमाएका छन्।

ब्राजिलमा १ लाख ५६ हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ भने १० हजार ६ सय ५६ जनाको ज्यान गएको छ। टर्किका १ लाख ३७ हजार १ सय १५ जना संक्रमितमा ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ।

फ्रान्समा १ लाख ७६ हजार ६ सय ५८ जना भाइरसका संक्रमितमध्ये २६ हजार ३ सय १० जनाले ज्यान गुमाएका छन्। त्यस्तै जर्मनीका १ लाख ७१ हजार ३ सय २४ जना कोरोनाका संक्रमितमध्ये ७ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ।

भारतका ६२ हजार ९ सय ३९ जना कोरोनाका संक्रमितमध्ये २ हजार १ सय ९ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म १ सय १० जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने ३१ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। संक्रमण देखिउका तीन जनामा पुनः संक्रमण देखिएको छ। अन्य बाँकि संक्रमित तथा मृतकको संख्या अन्य देशमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय