जोखिम भत्ता निर्देशिका परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको आश्वासन

कोभिड -१९ उपचारमा खटिने र स्वास्थ्य संस्थामा खटिनेसमेत स्थ्यकर्मीले भत्ता पाउने गरी निर्देशिका परिमार्जनतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ। शुक्रबार नेकपा सम्बद्ध केही ट्रेड यूनियनका पदाधिकारीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानकर्षण गराएका थिए।

सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउनुपर्नेमा स्वास्थ्यमन्त्री ढकाल सकारात्मक रहेको अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्कीले जानकारी दिएका हुन्।

मन्त्री ढकालले सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने आवश्वान दिएको कार्कीले बताए। ‘निर्देशिका बनाउँदा केही कमजोरी भएको मन्त्रालयले स्वीकार गरेको छ, उनले भने,‘ शुक्रबारको भेटमा मन्त्रीज्युबाटै पनि कार्यविधिलाई सञ्याउने आश्वासन पाएका छौ।’

कार्कीका अनुसार मन्त्रालयका सहसचिव रघुराम बिष्टले निर्देशिका परिमार्जन प्रक्रिया अगाडि  बढाउँने बचन दिएका छन्।

सरकारले कोरोना रोकथाम तथा उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीले मात्र जोखिम भत्ता पाउने गरी जारी निर्देशिका जारी गरैपछि विभिन्न स्वास्थ्यकर्मी संगठनले आपत्ति व्यक्त गरेका थिए।

सरकारले प्रत्यक्ष कोभिड नियन्त्रण तथा रोकथाममा खटिनेलाई मात्रै जोखिमका आधारमा ५० देखि शतप्रतिशत भत्ता दिने गरी मन्त्रिपरिषदबाट निर्देशिका जारी गरेको थियो।

निर्देशकाको नेपाल स्वास्थ्यकर्मी यूनियन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल हेल्थ असिस्टेन्ट संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनलगायतले विरोध जनाउँदै आएका छन् ।

मन्त्रीलाई भेटेर आस्वासन पाएसँगै नेकपा निकटका स्वास्थ्यकर्मी संगठनहरुले अन्य ट्रेड युनियानहरुलाई केही समय धैर्य गर्न आग्रह गरेका छन् ।

One thought on “जोखिम भत्ता निर्देशिका परिमार्जन गर्ने स्वास्थ्य मन्त्रालयको आश्वासन

  1. चौविसै घण्टा खटेका प्रशासनका कर्मचारी पनि छन् हजूर ? के के काम गरे काम लगाउनेलाइ थाहा छ ।

    स्थानीय तहले स्वास्थ्य कर्मी बाहेक अरूले काम गरेको देखेन । स्थानीय तहको प्नशासनबाट डाटा मागेर संघीय तहबाटै जोखिम रकमको व्यवस्था गरिदिंदा राम्रो ।

    कल्पना गर्नुस् । चेक नकाटेमा के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय