कोरोना भाइरसको अपडेटका लागि सेनाले बनायाे मोबाइल एप

नेपाली सेनाले कोरोना भाइरस दूरस्वास्थ्य परामर्श तथा उपचारको व्यवस्था सहज बनाउन मोबाइल एप प्रयोगमा ल्याएको छ।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)मा शनिबार उक्त एप रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे। नेपाली सेनाको नेतृत्वमा रहेको सिसिएमसीमा सशस्त्र र जनपथ प्रहरीका स्वास्थ्यकर्मी पनि छन्। एपकाे नाम कोभिड एनपी दिइएको छ।

सम्भावित बिरामीहरूको पहिचान गरी समयमा नै दूरस्वास्थ्य परामर्शलगायत थप उपचारको व्यवस्थालाई सहज बनाउन मोबाइल एप विकास गरिएको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

ग्रीन, एल्लो र रेड गरी तीन वर्गमा विभाजन गरी आवश्यकताअनुसार प्रयोगकर्ताले ट्रयाकिङ र ट्रेसिङ गर्ने व्यवस्था मिलाइएको छ। एप्समा कोरोनासँग सम्बन्धित रोगको पहिचान, रोकथाम र प्रतिकार्य सम्बन्धी जानकारी समावेश गरिएको छ।

आफूलाई रोगको शंका भएमा एप्समार्फत चिकित्सकसँग सम्पर्क गराइने सेनाले जनाएको छ। यो एप्स विभिन्न सरकारी निकायबाट विकास गरिएका एप्सहरूलाई एकीकृत गरी बनाइएको हो। एप्समा सरकारबाट प्रेसित कोभिड सम्बन्धी सूचना र निर्देशन हेर्न पाइने छ। देशभरि कोभिड-१९ सँग सम्बन्धी काम कारबाही विवरण इन्ट्री गर्न सकिने र तत्कालको अवस्थाबारे जानकारी लिन सकिने सेनाले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय