नर्स र स्वास्थ्यकर्मीका लागि नर्सिङ संघको ‘तनाव व्यवस्थापन’ परामर्श सुरु

नेपाल नर्सिङ संघले कोरोना उपचारमा समलंग्न रहेका नर्स तथा स्वास्थ्यकर्मीको लागि मनोवैज्ञानिक परामर्श तथा तनाव व्यवस्थापन परामर्श सुरु गरेको छ।

कोरोना उपचारमा खटिरहेका नर्सहरुमा हुनसक्ने तनाव कम व्यवस्थापनका लागि काउन्सिलिङको कार्यक्रम सन्चालन गरेको संघकी अध्यक्ष मनकुमारी राईले बताइन्।

‘कोरोना फन्टलाइनमा काम गर्ने नर्सहरु डर, त्रासमा छन्, ‘राईले हेल्थपोस्ट सँग कुरा गर्दै भनिन्,‘उहाँहरुमा रहेको तनावलाई काउन्सिलिङ मार्फत केही कम सकिन्छ कि भनेर यो कार्यक्रमको सुरुवात गरेका हौ।’

उपचारमा खटिरहेका नर्सहरु मानिसक समस्यामा परिरहेको गुनासो आएसँगै काउन्सिलिङको कार्यक्रम सुरू गरेको अध्यक्ष राई बताउछिन् ।

‘सुरक्षा सामग्रीको अभावमा पनि स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन्, उनले भनिन्, ‘यस्तो माहामारीमा नर्सहरु तनावपूर्ण वातावरणमा काम गरिरहेका छन्।’ नर्सहरु दिन–रात बिरामीको उपचारमा खटिरहेका छन्। अहिले नै तनावलाई व्यवस्थापन नगर्ने हो भने पछि यसको ठूलो असर पर्ने राईको भनाई छ।

राष्ट्रिय ट्रमा सेन्टर, वीर, कान्ति र टिचिङ अस्पतालमा रहेका नर्सलाई मनोविज्ञ मार्फत काउन्सिलिङ दिएको संघकी महासचिव नर्बदा थापाले जानकारी दिइन । ‘म कोभिड आइसियुमा काम गर्छु । सुरुमा कोभिडका बिरामी हेर्न जाँदा डर लाग्ने हुन्थ्यो, थापाले भनिन्,‘तनावको कारणले राम्रोसँग सुत्न समेत सकिएन।’

दिन–रात ‘कोभिड १९’ का बिरामीको उपचार रहेका स्वास्थ्यकर्मी तनाव लिइरहेको गुनासो आएपछि सो कार्यक्रमको सुरुवात गर्नुपरेको थापाको भनाई छ। सकेसम्म उपत्यका भित्रका सबै अस्पतालमा परामर्श सेवा दिने तयारी रहेको थापाले जानकारी दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय