परीक्षणको दायरा बढ्छ, ५० हजार किट छ : स्वास्थ्य मन्त्रालय

सरकारसँग ५० हजार किट मौज्दात रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ। किटको अभावमा परीक्षण कम भइरहेको खबरहरु सार्वजनिक भइरहँदा सरकारको यस्तो दाबी बाहिर आएको हो।

स्वास्थ्य मन्त्रालले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरसको परीक्षणका लागि ५० हजार किट मौज्दात रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

उनले सरकारसँग पिसिआर किट मौज्दात रहेकाले भाइरस परीक्षणको दायरा बढाउँदै लैजाने पनि बताए।

कोरोना भाइरसको आशंकामा एक दिनमा १ हजार ७ सय ४२ जनाको नमुना परीक्षण गरिएको छ।

हालसम्म १६ हजार ३ सय ९ जनाको पिसिआर माध्यमबाट र ५५ हजार ९ सय ३० जनाको र्‌यापिड परीक्षणबाट स्वास्थ्य परीक्षण गरिएको गरिएको मन्त्रालयले जानकारी दिएको छ। यसरी हालसम्म ७२ हजार २ सय ३९ जनाको नमुना परीक्षण गरिएको छ।

शनिबार बिहान ७ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या १ सय ९ जना पुगेको थियो। संक्रमितमध्ये ३१ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

कोरोना भाइरसको परीक्षणका लागि किट मौज्दात भएकाले देशभर र फोकस गरिएका जिल्लाहरुमा पिसिआर विधिबाट परीक्षणको दायरा बढाउने मन्त्रालयले जानकारी दिएको छ।

र्‌यापिड परीक्षणबाट प्रदेश नम्बर १ मा ७ हजार ५५, २ मा ५ हजार ८ सय ९० ३ मा ९हजार १ सय ५, ४ मा ६ हजार ३ सय ७७, ५ मा ६ हजार ६ सय ३८, ६ मा ६ हजार १ सय ७४ र प्रदेश नम्बर ७मा १४ हजार ६ सय ५१ को नमुना परीक्षण गरिएको स्वासथ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकाुस देवकोटाले बताए।

शनिबार क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन्। जसमध्ये प्रदेश नम्बर १ मा,१ हजार ४ सय ८६, २ मा १ हजार ३ सय ५५, ३ मा २ सय ५४, ४ मा ४ सय ६३, ५ मा ५ हजार २ सय २८, ६ मा २ हजार ४ सय ५छ र ७ मा ३ हजार ३ सय ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म १ सय ४३ जना आइसोलेसनमा छन्। जसमध्ये उपत्यकामा २ जना र बाहिर १ सय ४१ जना उपत्यका बाहिर छन्।

कोरोना भाइरसका संक्रमितमध्ये ७८ जना पुरुष ३१ जना महिला रहेका छन्। संक्रमितहरुमा प्रदेश नम्बर १ मा ३४,२मा ३१, ३ मा ७ , ४ मा २, ५ मा ३० र ७ मा ५ जना छन्।
संक्रमितहरुको बिराटनगरमा २० वीरगञ्जमा २७ रुपन्देहीमा ६ नेपालगञ्जमा २४ भरतपुरमा १ गरी ७८ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय