१ हजार ७ सय ४२ को परीक्षण गर्दा ७ कोरोना संक्रमित थपिए

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ वैशाख २७ गते १७:२२

 

गत चौबिस घण्टामा १ हजार ७ सय ४२ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये शनिबार सात जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा थप सात जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन्।

कोरोना पोजेटिभ देखिएका तीन जना उदयपुरको भुल्केका र तीन जना कपिलवस्तुका रहेका छन्। यस्तै एक संक्रमित भने पर्साको छपकैयाका हुन्।

उनका अनुसार हालसम्म ७२ हजार २ सय ३९ जनामा कोरोना परीक्षण गरिएको छ। कोरोनाको आशंकामा १६ हजार ३ सय ९ जनाको पिसिआर माध्यमबाट र -यापिड विधिबाट ५५ हजार ९ सय ३० जनाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए।

शनिबार १४ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन्। जसमध्ये प्रदेश नम्बर १ मा १ हजार ४ सय ६, प्रदेश २ मा १ हजार ३ सय ५५, प्रदेश ३ मा २ सय ५४, ४ मा प्रदेश ४ सय ६३, प्रदेश ५ मा ५ हजार २ सय २, प्रदेश ६ मा २ हजार ४ सय ५, प्रदेश ६ र ७ मा ३ हजार ३ सय ५१ जना रहेको देवकोटाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय