विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ७६ हजार कट्‌यो, ४० लाख २९ हजार बढीमा संक्रमण

विश्वभर कोरोना भाइरसका कारण २ लाख ७६ हजार ४ सय ७३ जनाको ज्यान गएको छ। पछिल्लो तथ्याङ्क अनुसार ४० लाख २९ हजार १ सय ४५ जनामा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये १३ लाख ९४ हजार २ सय ५९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म १३ लाख २२ हजार १ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हालसम्म अमेरिकामा ७८ हजार ६ सय १६ जनाले ज्यान गुमाइसकेका छन्।

स्पेनमा २ लाख ६० हजार १ सय १७ कोरोना संक्रमितमध्ये २६ हजार २ सय ९९ जनाले ज्यान गुमाएका छन्। इटालीका २ लाख १७ हजार १ सय ८५ जनामा भाइरसको संक्रमण देखिँदा ३० हजार २ सय १ जनाको मृत्यु भएको छ।

त्यस्तै बेलायतमा २ लाख ११ हजार ३ सय ६४ जनामा भाइरसको संक्रमण देखिएको छ भने ३१ हजार २ सय ४१ जनाको ज्यान गएको छ। रसियामा अहिलेसम्म १ लाख ९८ हजार ६ सय ७६ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। जसमध्ये १ हजार ८ सय २७ जनाले ज्यान गुमाएका छन्।

ब्राजिलमा १ लाख ४६ हजार ८ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ भने १० हजार १७ जनाको ज्यान गएको छ। टर्किका १ लाख ३५ हजार ५ सय ६९ जना संक्रमितमा ३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ।

फ्रान्समा १ लाख ७६ हजार ७९ जना भाइरसका संक्रमितमध्ये २६ हजार २ सय ३० जनाले ज्यान गुमाएका छन्। त्यस्तै जर्मनीका १ लाख ७० हजार ५ सय ८८ जना कोरोनाका संक्रमितमध्ये ७ हजार ५ सय १० जनाको मृत्यु भएको छ।

ब्राजिलमा १ लाख ४६ हजार ८ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ भने १० हजार १७ जनाको ज्यान गएको छ। टर्किका १ लाख ३५ हजार ५ सय ६९ जना संक्रमितमा ३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ।

भारतका ५९ हजार ७ सय ६५ जना कोरोनाका संक्रमितमध्ये १ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ भने ३२ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। अन्य बाँकि संक्रमित तथा मृतकको संख्या अन्य देशमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय